Comments Add Comment

बुधबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बुधवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाले सून्य लागतअघि कै ३ लाख कामदार बाँकी, भूकम्पपछिको निर्जीवन बीमा भुक्तानी दर साढे ११ प्रतिशत, ६ नाकाबाट बिजुली बेच्न सकिने शीर्षकमा प्रमुख खबर छापेका छन् ।

कारोबार दैनिकमा विद्यार्थीलाई फसाएर भारत, सून्य लागतअघिकै ३ लाख कामदार बाँकी, दशकपछि प्रहरीका सबै लेखापालको सरुवा, होङ्सीलाई ३६ अर्ब लगानी अनुमति, दोहोरो अंकले घट्यो सेयर बजार, ३० म्यानपावरबाट २६ प्रतिशत कामदार बिदेसिए, बोकाको कमाइ मासिक ६ हजार लगायतका खबर छन् ।

अभियान दैनिकमा भूकम्पपछिको निर्जीवन बीमा भुक्तानी दल साढे ११ प्रतिशत, सरकारको उच्च प्राथमिकतामा सिमेन्ट उद्योग, सुन अभावसँगै कालोबजारी शुरु, मर्जरको समयमा सेयर कारोबार खोलौं, बाँकेका उद्योगमा ५३ प्रतिशत लगानी बढ्यो, जानकी मेडिकल सञ्चालकमाथि ठगी मुद्दा लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा लुफ्थान्सालाई निगम ब्यवस्थापन दिन अर्थ सकारात्मक, बिमाको ११ प्रतिशत दाबी आधारहिन, यार्साको मूल्य आधा घट्यो, पर्साका आधा खेत बाँझै, काठमाडौ विश्वविद्यालयका अधिकांश भवन गैरकानूनी, अब हवाई यात्रुको बिमा डेढ लाख डलर लगायतका खबर छन् ।

नागरिक दैनिकमा ६ नाकाबाट बिजुली बेच्न सकिने, सिमेन्ट उद्योगमा विदेशी लगानी भित्र्याउन स्वीकृति, सरकारी भवनमै छैन बिमा, चमेलिया सम्पन्न हुन अझै डेढ वर्ष, पोल्ट्री ब्यवसायीले स्थानीय कर तिर्ने, सस्तिएको सुन पाउनै गाह्रो लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment