Comments Add Comment

छापामा आज : जो दोषी, उही न्यायाधीश !

पहिले कारबाही सिफारिस गरेकाबाटै अहिले न्यायाधीश सिफारिस

बारा–पर्सा हावाहुरीबाट प्रभावितहरूको उद्धार तथा राहतबारे निरन्तर निगरानी गर्दै आएका पत्रिकाहरू आज पनि यसमै केन्द्रित छन् । राहत वितरणका अतिरिक्त केही दैनिकले विपद् पूर्वतयारीको अवस्थाबारे पनि चर्चा गरेका छन् ।

यसबाहेक न्यायाधीश नियुक्ति, प्रेस पासमा लगाइएको अंकुशलगायत विषयलाई पनि पत्रिकाहरूले स्थान दिएका छन् ।

कान्तिपुरले हुरीप्रभावितको राहतबारे आएका आश्वासनहरू प्रभावकारी नभएको औंल्याएको छ । राहतको आश्वासन धेरैले दिए पनि थोरै मात्र लाभान्वित भएको समाचारको सार छ । राहत तथा पुनस्र्थापनामा भइरहेको बिलम्वले हुरीप्रभावित क्षेत्रका बालबालिका र महिला असुरक्षित बन्दै गएको कान्तिपुरले लेखेको छ ।

प्रेस पासमा लगाइएको अंकुशलाई कान्तिपुरले जोडतोडका साथ उठाएको छ ।

कान्तिपुर लेख्छ– संविधान र वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानूनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको अधिकारसमेत बाधित भएको छ ।

‘जो दोषी, उही न्यायाधीश’ शीर्षक दिएर कान्तिपुरले न्यायाधीश सिफारिसमाथि प्रश्न उठाएको छ । कान्तिपुरका अनुसार ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ । परिषदका सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषदमा पेस गरेको छानबिन प्रतिवदनमा राजेशकुमार काफ्ले , लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ । छानबिनमा नपरेका बालमुकुन्द दवाडी ललितपुरको बलात्कारसम्बन्धी एक मुद्दामा अस्वभाविक थुनछेक आदेश गरेकाले विवादित छन् ।

कान्तिपुर अगाडि लेख्छ– प्रतिवेदनमा उल्लेखित ५ न्यायाधीशमध्ये ४ जनामाथि विस्तृत अनुसन्धान र कार्यक्षमता अभावमा कारबाहीको सिफारिस गरिएको थियो । एक जनामाथि भने सचेत गराउने निर्णय भएको थियो । तर बिडम्बना कारबाही सिफारिस गरेका न्यायपरिषद् सदस्यद्वयले नै तिनै न्यायाधीशलाई उच्च अदालतको न्यायाधीश सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

नागरिकले हावाहुरी प्रभावितहरूको राहत वितरण वैज्ञानिक नबन्दा वास्तविक पीडितहरु राहतबाट वञ्चित भएको लेखेको छ । नागरिकले जस्तै अन्नपूर्णले पनि राहत वितरण प्रभावकारी नभएको औंल्याएको छ । अन्नपूर्णका अनुसार भित्री वस्तीमा राहत पुग्न सकेको छैन ।

कारोबारले सुधीर बस्नेतको भेगास सिटी लिलाम हुने लेखेको छ । कैयनलाई ठगेका बस्नेत बुधबार मात्रै पक्राउ परेका थिए ।

आगामी असारदेखि नेपालमा पाइपलाइनबाटै डिजेल आयात हुने अर्को खबर पनि कारोबारमा छ । कारोबारका अनुसार, पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment