Comments Add Comment

संविधानसभाको बैठकमा हतियार उठाउने चेतावनी

१३ साउन, काठमाडौं । संविधानको मस्यौदामा जनताले दिएको राय सुझवसहितको प्रतिवेदनमाथि संविधानसभामा छलफल गर्दै सभासदहरुले आफ्ना एजेण्डा सम्बोधन नभए आन्दोलनदेखि बन्दुकसम्म उठाउने धम्की दिएका छन् ।

Umesh-Yadab
उमेश यादव । फाइल तस्वीर

एमाओवादी सभासद उमेश यादवले सप्तरीमा जाँदा जनताले प्रदेश नपाए देश बन्छ भनेको संविधानसभामा सुनाए । तर, मधेसीहरुको राष्ट्रियतामाथि शंका नगर्न उनले आग्रह गरे । ब्रिटिसहरुसँग लडेर सीमा रक्षा गरेको भन्दै उनले भनेे-‘कुमाऊ गढवालबाट आएकाहरुको मण्डले राष्ट्रवाद जस्तो होइन हाम्रो राष्ट्रियता । मधेसी जनता अखण्ड नेपाल चाहन्छन् ।’

जनताले दिएको सुझावलाई कर्मचारीहरुले तलमाथि गरेको यादवको आरोप थियो । आफ्नो क्षेत्रमा एकजनाले मात्रै हिन्दु राष्ट्रको कुरा गरेको तर, सुझावमा त्यसलाई धेरैको भनेर माथि राखिएको भन्दै उनले असन्तुष्टि जनाए ।

मधेसी, जनजाति, दलित लगायतको अधिकार कटौती गरिएको भन्दै उनले संविधानको अन्तिम मस्यौदा नबन्दासम्म पर्खने बताए । उनले भने-‘अहिले केही साथीहरुले बहिस्कार गर्नु भएको छ, केहीले नाराबाजी गर्नु भएको छ, यदि मधेसको माग सुनिएन भने संविधानसभा परित्याग गरेर हतियार उठाउने मोर्चामा जान्छौं ।’

कर्मचारी संयन्त्रमाथि नै प्रश्न

कांग्रेस सभासद आङटावा शेर्पाले पनि कर्मचारी संयन्त्रमाथि नै प्रश्न उठाए । जनताले दिएको सुझाव आफू अुनुकुल तलमाथि भएको भन्दै उनले नेतृत्वलाई समेत गराए ।

राष्ट्रिय जनावर गाई राखेकोमा उनले विरोध गरे । ‘यो संविधान जारी भएपछि गाई खान लागेको होइन, खाँदा खाँदै संविधान आएको हो’ उनले भने-‘गणतन्त्रमा जाने अनि गाई चाहिने ? त्यसोभए राजा पनि चाहिन्छ भन्नुस् ।’

छिटो संविधान नबोस् भनेर आफूहरुलाई गीता टाउकोमा राखेर कसम खुवाएको जस्ता आरोप लाग्दा समेत आफूहरु जनजातिहरुको भेला तथा आन्दोलनमा समेत नगएको भन्दै शेर्पाले जनजातिको अधिकार खोसिए विद्रोहमा जान बाध्य हुने बताए । उनले धर्म निरपेक्षता कायमै गर्नुपर्ने समेत बताए । रामेछापमा हिन्दुराष्ट्रको कुरै नहुँदा पनि सुझावमा हिन्दु राष्ट्र चाहियो भनेर कर्मचारीले घुसाएको शेर्पाले आरोप लगाए ।

संघीयताको विरोध गर्न छाडौं जस्तो लाग्यो : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको विरोध गर्न छाडौं जस्तो लागेको बताए । संघीयता हुनुपर्छ भन्नेहरुले नै भएन भनेर आन्दोलन गरेको भन्दै उनले अब आफूले संघीयता हुनुहुँदैन भनेर के विरोध गर्नु भने ।

हिजो कसैले घोक्रेठ्याक लगाएपछि धर्मनिरपेक्षता लेखिएको र अहिले गर्धन अठ्याएपछि छाड्न खोजेको भन्दै उनले आफैं शासन गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment