Comments Add Comment

‘नेपालको व्यापार क्षेत्रमा सहयोग गर्न भारत तयार’

Deplomatic-dinner१७ साउन, काठमाडौं । नेपालका लागि भारतीय दूताबासका वाणिज्य सचिव आशिस सिन्हाले नेपालको व्यापार क्षेत्रमा सहयोग गर्न भारत सँधै तयार रहेको बताएका छन् ।

बालुवाटारमा सम्पन्न एआइडिआइएको तेस्रो डिप्लोम्याटिक डिनरमा सचिव सिन्हाले यस्तो बताएका हुन् । भारतले नेपालको विद्युत खरिद गर्न चाहेको उनले बताए ।

भारतले नेपाललाई समाबेस गरेर बुद्ध सर्किट बनाइ साझा पर्यटन प्याकेज गन्तव्यकोरुपमा नेपाल रभा भारतलाई जोड्न चाहेको सिन्हाले बताए ।

‘भारतले नेपालको जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा सबन्वय गरी अघि बढ्न सदैब तयार छ’ उनले भने । उनले महाभूकम्पले नेपालमा पुर्‍याएको क्षतिप्रति सहानुभूति प्रकट गरे ।

एआमीआइएका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपाल र भारतबीचको खुल्ला सीमाना दुई देशबीचको व्यावार विस्तारका लागि ठूलो अवसर भएको बताए । चीन र भारतको बीचमा रहेकाले नेपाल एसियाकै आर्थिक हबकोरुपमा विस्तार गर्न सकिने बताए ।

नेपाली उद्योगी व्यवसायीको प्रवर्द्धन गर्ने उद्देश्यले डिम्लोम्याटिक डिनरको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment