Comments Add Comment

उपत्यकामा ‘के ल्याब’को स्वास्थ्य प्रयोगशाला विस्तार

K-Lab-2
२० साउन, काठमाडौं । क्राउन ल्याबरोटोरी एन्ड रिफरल सेन्टर (के-ल्याब) ओम्निकेयर नेपालसँगको फ्रेञ्चाइजी मोडलमा राजधानीका विभिन्न स्थानमा प्रयोगशाला विस्तार गरेको छ ।

के ल्याबले बानेश्वर, चावाहिल र लगनखेलमा प्रयोगशाला विस्तार गरेको हो । दुई संस्थाको संयुक्त प्रयासमा खुलेका प्रयोगशालाले ग्राहकलाई उच्च स्तरको स्वास्थ्य परिक्षण सेवा प्रदान गर्ने बताइएको छ ।

मौलिक नेपाली ब्रान्डको फ्रेञ्चाइजी सेन्टरहरु खुल्नु देशकै पहिलो थालनी भएको अम्निकेयरको दाबी छ । के ल्याबले नयाँ बानेश्वरमा जनता बैंक अगाडि, लगनखेलमा पाटन अस्पताल गेट अगाडि र चाबाहिलमा सेवा प्रारम्भ गरेको छ ।

निकट भविष्यमा काठमाडौंका अन्य क्षेत्रका अतिरिक्त उपत्यका बाहिर पनि प्रयोगशाला सेवा विस्तार गर्ने अम्निकेयरले जनाएको छ ।

K-Lab

के–ल्याब गुणस्तरीय स्वास्थ्य परीक्षण प्रयोगशालामा लोकप्रिय नाम हो । स्थापना कालदेखि हाल सम्म ४० हजार व्यक्तिका साढे दुईलाख भन्दा बढी ल्याब टेष्टहरु गरिसकेको के ल्याब नेपालकै ठूलो ल्याब भएको दाबी गरिएको छ ।

सामान्यदेखि विशेष प्रकारका तीन सयभन्दा बढी ल्याब टेष्टहरु गरिरहेको यस ल्याबको बाह्य गुणस्तर मापन दक्षिण भारतको प्रतिष्ठित स्वास्थ्य संस्था क्रिष्टियन मेडिकल कलेजमा मासिक रुपमा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment