Comments Add Comment

पाकिस्तानी गायकलाई भारतीय नागरिकता ?

anand-sami
हालैमात्र सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘बजरंगी भाइजान’को एउटा गीतमा देखिएका गायक अदनाम सामीको एउटा चिन्ता टाढा भएको छ । पाकिस्तानी मुलका यी गायकको भारतमा वर्किङ भिसा सकिएको थियो ।

तर, गृहमन्त्रालयले उनलाई भारतमै बस्नका लागि मञ्जुरी दिएको छ । अदनामले मार्च महिनामा दोश्रो पटक भारतीय नागरिकताका लागि आवेदन दिएका थिए । तर, उनको आवेदनलाई मञ्जुरी दिइएको थिएन । भारतको कानुन अनुसार कुनै विदेशी नागरिकलाई विज्ञान, कला, दर्शन, साहित्य, विश्व शान्ती तथा मानव प्रगतीमा असाधारण सेवा दिएवापत नागरिकता दिन सकिन्छ ।

अदनाम सामीलाई भारत सरकारले नागरिकता दिन्छ या दिदैन खुलेको छैन । तर, उनलाई भारतमै रहेर काम गर्न पनि सरकारले अनुमती दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment