Comments Add Comment

अमेरिकामा नेपाली कलाकार : कोही पैसा गन्दै, कोही काम खोज्दै

२१ साउन, काठमाडौं । सिनेमाको रंगीन दुनियाँ त्यागेर दर्जनौं नेपाली कलाकारहरु यतिबेला अमेरिकामा थुप्रिएका छन् । कार्यक्रमको बहानामा अमेरिका छिर्ने र त्यतै हराउने कलाकारको सूची निरन्तर लम्बिँदै छ ।

heroin_650
आखिर अमेरिकामा उनीहरु गर्छन् चाहिँ के ? यसको सजिलो उत्तर हो, अरु नेपालीले जे गर्छन्, उनीहरु पनि त्यही गर्छन् । नेपालमा रहेको उनीहरुको स्टारडम अमेरिकामा बिक्दैन । त्यसैले अरुसरह श्रम गरेर जिविकोपार्जन गर्नुको विकल्प रहँदैन ।

खोजीनीति गर्दा केही कलाकारले आफैं व्यवसाय स्थापना गरेको, केहीले अन्यत्र काम गरिरहेको र कोही कामको खोजीमा रहेको पाइएको छ ।

रञ्जनाको ब्युटीपार्लर

चार वर्षअघि अमेरिका हानिएकी नायिका रञ्जना शर्मा अहिले त्यहाँ ब्युटीपार्लर चलाएर बसेकी छिन् । केही समयअघि उनल सुरु गरेको पार्लरले भर्खरै पिकअप लिन थालेको छ ।
ranjana
फेसबुकमा भेट भएकी उनले आफ्नो व्यवसायको बारेमा धेरै जानकारी दिन चाहिनन् । ‘म भर्खर-भर्खर सेटल हुँदैछु,’ उनले भनिन्, ‘पहिलेको तुलनामा धेरै राम्रो छ ।’

निर्देशक श्रीमान श्याम भट्टराईसितको सम्वन्ध तोडेर रञ्जना अमेरिका हान्निएकी थिइन् । अहिले उनका श्रीमान श्याम पनि उतै पुगेका छन् । उनले त्यहीँ बसेर नेपाली फिल्म निर्देशन गर्ने तयारी गरेका छन् ।

अमेरिकामै रहेका नेपाली युवराज कार्की र सुजित सिंहको लगानीमा सो फिल्म बन्न लागेको जानकारी दिँदै श्यामले भने ‘अहिले अमेरिकाका विभिन्न राज्यमा अडिसन भइरहेको छ । तीन महिनापछि सुटिङ सुरु हुन्छ ।’ फिल्ममा अमेरिकामा बस्ने नेपालीहरुको जीवनशैली प्रस्तुत गर्ने भट्टराईले बताए ।

ऋचा र शंकरको स्टोर खोल्ने तयारी

richa
केही वर्षअघि अमेरिका पुगेका निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेको जोडीको भने हाईफाई निकै छ । पछिल्लो समय नेपालबाट गएका कलाकारहरुले सुरुमा उनीहरुकै आतिथ्य पाउँछन् ।

दुई साना छोरा भएकाले ऋचाले बाहिर काम गरेकी छैनन् । घिमिरे दम्पती छिट्टै नै नयाँ स्टोर खोल्ने तयारीमा रहेको बुझिएको छ ।

अरुणिमा छोरी स्याहार्दै

arunima
अर्की नायिका अरुणिमा लम्साल पनि श्रीमानसहित अमेरिकामा छिन् । उनी अहिलेसम्म सानी छोरीकै स्याहार सुसारमा ब्यस्त छिन् । अरुणिमाका श्रीमान भने जानेबित्तिकैदेखि काममा लागेका छन् ।

पूजाको डिपार्टमेन्ट स्टोर, प्रेमको रेष्टुरेन्ट

पुरानी नायिका पूजा चन्दको बाल्टिमोरमा आफ्नै डिपार्टमेन्ट स्टोर छ । डिपार्टमेन्ट स्टोरबाट राम्रै कमाइ गरेकी पूजाले केही ब्यक्तिलाई रोजगारसमेत दिएकी छिन् ।
pooja with husband
चर्चित लोकगायक प्रेमराजा महतको वाल्टिमोरमा आफ्नै रेष्टुरेन्ट छ । रेष्टुरेन्टमा वेटर हुँदै मालिक भएका प्रेमराजा महतले आफ्नो रेष्टुरेन्टमा धेरै नेपालीलाई जागिर दिएका छन् । अमेरिकामा रहेका नेपालीवीच लोकप्रीय छन् उनी । अमेरिकामा बसेर नेपाली कला-संस्कृतिको प्रवर्द्धन समेत गरिरहेको जस उनलाई दिने गरिन्छ ।

लोक गायनकै क्षेत्रमा प्रसिद्धि कमाएका भगवान भण्डारी पनि नयाँ रेष्टुरेन्ट खोल्ने तयारीमा छन् । सिकागोको एउटा रेष्टुरेन्टमा वेटरका रुपमा तीन वर्ष काम गरेका उनी अब आफैं मालिक बन्ने मानकितामा पुगेका हुन् ।

हिन्दी सिरियलमा काम गर्न केहि समय बलिउडमा रहेकी नायिका उषा पौडेल पनि अहिले अमेरिकामै छिन् । उषा, ऋचा र अरुणिमाको दोस्ति अमेरिकामा पनि खुबै जमेको छ । उनीहरु बारम्बार गेट टुगेदर गर्ने र फेसबुकमा फोटो हाल्ने गर्छन् ।

दिलिप रायमाझी बेरोजगार
dilip, saranga
पछिल्लो पटक अमेरिका पुगेका दीलिप रायमाझी र मुकेश ढकाल भने रोजगारीको खोजीमा छन् । रायमाझी ग्रिनकार्ड लिएर सपरिवार अमेरिका पुगेका हुन् ।

नायिका मेलिना मानन्धरका श्रीमान मुकेश भने एक्लै गएका हुन् । रायमाझी दम्पत्तिलाई छोरीका लागि कलेज खोज्ने चटारो पनि छ ।

आधुनिक गायक यम बराल, सपना परियार, आईटम डान्सर निशा सुनार, नायिका युना उप्रेती लगायत अन्य थुप्रै कलाकार अमेरिकामै छन् ।

jal and nisha
अमेरिकामा रहेका कलाकारहरु आफ्नो कामबारे जानकारी दिन चाहँदैनन् । कामको विषयमा प्रश्न गर्दा प्रायले दिने जवाफ हुन्छ, ‘यहाँ कुनै पनि कामलाई ठूला वा सानो मानिँदैन । श्रमको सम्मान गर्ने संस्कार छ ।’

राजबल्लभको बेग्लै रौनक

rajballav-koirala
चलचित्र ‘हाईवे टु धुम्पुस’ को सुटिङमा अमेरिका उडेका अभिनेता राजबल्लभ कोइराला दुई वर्ष भयो नेपाल नआएको । उनको पृष्ठभूमि भने अन्य कलाकारको भन्दा फरक छ । उनी हलिउड फिल्म ‘हाइवे टु धुम्पुस’ खेल्ने सिलसिलामा अमेरिका पुगेका थिए ।

सोही फिल्म प्रदर्शनका लागि नेपाल आउने तयारीमा रहेका राजबल्लभ फेरि अमेरिका फर्किनेछन् । उनका बुबा, बहिनी लगायत परिवारका धेरै सदस्य उतै छन् । अमेरिकामा उनी आइटीको काम पनि गर्छन् ।

हलिउडको प्रतिष्ठित ब्यानरमा निर्माण भएको चलचित्रमा काम गरेकाले पनि राजबल्लभको अमेरिकी बसाई इज्जतदार छ ।

तस्बीरहरु : फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment