+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
49/1 (6.6)
Shares

भैरहवामा तनाव, स्थानीयले जलाए बन्दकर्ताको गाडी

३ साउन, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिका कार्यकर्ताहरुले रुपन्देहीको भैरहवामा गाडीहरुमा आगजनी गरेका छन् । नेताहरुले शक्ति प्रदर्शन गर्न भन्दै कार्यकर्ताहरुलाई सडकमा उतारेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते १६:२६

Bhairahawa-aandolanसलमान खान

३ साउन, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिका कार्यकर्ताहरुले रुपन्देहीको भैरहवामा गाडीहरुमा आगजनी गरेका छन् । नेताहरुले शक्ति प्रदर्शन गर्न भन्दै कार्यकर्ताहरुलाई सडकमा उतारेका थिए ।

हातमा लठ्ठी लिएका कार्यकर्ताको हुल भैरहवा भन्सार कार्यालयमा ताला लगाउने भन्दै अघि बढेको थियो । बुद्धचोकबाट निस्किएका बन्दकर्ताहरुले बाटो किनारका घर र होटलका सिसा जथाभावि फुटाउँदै हिँडेका थिए ।

Bhairahawa-aandolanबन्दको विरोध गर्दै आएका स्थानीय र प्रहरीले बन्दकर्ताहरुलाई बेलहियामा अवरोध गरेका थिए । प्रहरीले लाठीचार्ज गरेपछि स्थिति तनावग्रस्त भएको छ । स्थानीय, प्रहरी र बन्दकर्ताबीच भएको झडपमा दर्जनौं कार्यकर्ता र स्थानीय घाइते भएका छन् । घाइतेहरुको भैरहवा भीम अस्पतालमा उपचार भैरहेको छ ।

बन्दकर्ताहरु बेलहियाबाट भागेपछि भैरहवासीले बन्दकर्ताले प्रयोग गरेका दर्जनौं साइकल र मोटरसाइकलमा आगजनी गरेका छन् । गाउँबाट भैरहवा आएका बन्दकर्ताहरु चढेको २ वटा ट्याक्टरमा समेत आगजनी गरिदिएका छन् ।

त्यसको आक्रोशमा बन्दकर्ताहरुले भैरहवाको बैंकरोडमा २ वटा मोटरसाइकलमा आगजनी गरेका छन् । भैरहवाको सिद्धार्थनगर सिटी हस्पीटलमा पनि समान्य क्षति पुर्‍याएका छन् ।

थप तस्वीर हेर्नुस्

Bhairahawa-aandolan
मधेसी मोर्चाको बन्दविरुद्ध उत्रिएका भैरहवाबासीले संविधानसभाका स्वतन्त्र उम्मेदवार सन्तोष पाण्डेको गाडी पनि जलाएका छन् ।
भैरहवाबासीले बन्दकर्ताले प्रयोग गरेको चारवटा मोटरसाइकललाई एकैठाउँ राखेर आगो लगाइदिएका छन् ।
भैरहवाबासीले बन्दकर्ताले प्रयोग गरेको चारवटा मोटरसाइकललाई एकैठाउँ राखेर आगो लगाइदिएका छन् ।

Bhairahawa-aandolan

Bhairahawa-aandolan
भैरहवा भन्सार कार्यालयमा ताला लगाउन भन्दै बुद्धचोकबाट अघि बढेका आन्दोलनकारी ।
Bhairahawa-Bhansar
बन्दकर्ताहरुले भैरहवा भन्सार कार्यालयमा ताला लगाउने तयारी गरेको सूचना पाएपछि भन्सार बन्द गरेर तैनाथ भएका सुरक्षाकर्मी ।
Nepal-India-Border-Bhairaha
भैरहवाको नेपाल – भारत सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?