+

स्पोटिङ गिजोनले रियल मड्रिडलाई बराबरीमा रोक्यो

२०७२ भदौ  ७ गते ६:५८ २०७२ भदौ ७ गते ६:५८
स्पोटिङ गिजोनले रियल मड्रिडलाई बराबरीमा रोक्यो

Cristiano Ronaldo

७ भदौ, काठमाडौं । स्पेनिस ला लिगामा नवप्रवेशी स्पोटिङ गिजोनले उपाधि दाबेदार रियल मड्रिडलाई बराबरीमा रोकेको छ ।

राफेल बेनिटेज प्रशिक्षणमा रहेको रियल मड्रिड आइतबार राति भएको आफ्नो पहिलो खेलमा गिजोनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

३६ औं मिनेटमा एन्टोनियो सानाब्रिआको हेडर क्रस बारमा लागेर गोललाई खस्दा गिजोनका समर्थक चुकचुकाएका थिए ।

६९ प्रतिशत बल पोजिसन बनाएको रियल मड्रिडले २७ पटक विपक्षीको पोष्टमा प्रहार गरेको थियो । तर, ८ सटमात्र टार्गेटमा थियो, जसलाई गोलरक्षक इभान केल्लरले असफल पारे ।

खेलका क्रममा गिजोनका सर्गिओ अल्भारेजले रोनाल्डोलाई लडाएका थिए । तर, रेफ्रीले रियल मड्रिडलाई पेनाल्टी दिएनन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय