+

म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै

२०७२ भदौ  ७ गते ७:१७ २०७२ भदौ ७ गते ७:१७
म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै

Samir Nasri

७ भदौ, काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी यात्रा कायमै राखेको छ ।
आइतबार राति भएको खेलमा सिटीले इभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

इभर्टनको घरेलु मैदान गोडिसन पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफको अन्तिममा लुकाकुको प्रहार बारमा लागेर फर्कदा घरेलु दर्शक निराश भएका थिए ।

तर, ६० औं मिनेटमा कालरोभले गोल गर्दै म्यानचेष्टर सिटीलाई अग्रता दिलाए ।

८८ औं मिनेटमा समिस नासरीले गोल गरेपछि सिटीको जित सुनिश्चित भयो । याया टोरेसँग वान टु पासमा नासरीले गरेको गोल निकै लोभलाग्दो थियो ।

ग्यारेथ बेरीको प्रहार सिटीका कप्तान कम्पोनीले अफलाइनबाट क्लियर गरेका थिए ।

जितपछि सिटी ३ खेलबाट ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ७ अंक जोडेको म्यानचेष्टर युनाइटेड तेस्रो र ४ अंक जोडेको चेल्सी नवौं स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय