७ भदौ, काठमाडौं । लेजेन्ड कुमार सांगाकाराको करियरकै अन्तिम टेष्टमा श्रीलंका भारतसँग २७८ रनले पराजित भएको छ । यससँगै भारतले तीन म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ ।
भारतले जितका लागि ४१३ रनको लक्ष्य दिएको थियो । तर, श्रीलंका १३४ रनमा अल आउट भयो । २ विकेटको क्षतिमा बनाएको ७२ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको श्रीलंका थप ६२ रन जोड्दा बाँकी ८ विकेट गुमायो । उमेश यादवको पहिलो बलमै एन्जेलो म्याथु २३ रनमा आउट भए । त्यसपछि श्रीलंकाले लगातार विकेट गुमायो ।
यो श्रीलंकाली लेजेन्ड कुमार सांगाकाराको अन्तिम टेष्ट थियो । तर, उनले १८ रन मात्र बनाए ।
पहिलो पारीमा भारतले ३९३ रन बनाएको थियो भने श्रीलंकाले ३०६ रन बनाएको थियो । भारतले ३२५ रनमा दोस्रो पारी समाप्तीको घोषणा गरेको थियो ।
विराट कोहलीको कप्तानीमा भारतले पहिलो पटक टेष्ट म्याच जितेको छ । पहिलो पारीमा शतक बनाएका भारतका लोकेश राहुल म्यान अफ दि म्याच बने ।
प्रतिक्रिया 4