Comments Add Comment

निप्पल देखाउन पाउँ भन्दै संसारका ६० शहरमा अर्धनग्न प्रदर्शन

top less (1)‘फ्रि द निप्पल’ भन्दै छाति खोलेर हिँडेका महिलाहरुले संसारका ६० शहरहरुमा आइतबार जात्रा गरेका छन् । ‘गो टपलेस डे’ मनाउने क्रममा अर्द्धनग्न महिलाहरुले निप्पल (स्तनको मुन्टो) देखाउन पाउनुपर्ने माग गरेका हुन् ।

टपलेस महिलाहरुको सबैभन्दा ठूलो भेला अमेरिकाको न्यूयोर्क शहरमा देखियो । टाइम्स स्वायरमा प्रदर्शन गरिरहेका महिलालाई रोक्ने किन नरोक्ने भन्ने द्विविधामा रहेका सरकारी अधिकारीहरुले कुनै कदम चाल्न सकेनन् ।

न्यूयोर्कको प्रदर्शनमा अगुवाई गरिरहेकी अभिनेत्री तथा मोडल रचेल जेसीले महिलासरह पुरुषलाई पनि सार्वजनिक स्थानमा अर्धनग्न हुन दिनुपर्ने बताइन् । ‘विश्वव्यापी रुपमा महिलाहरुले पुरुषले जस्तैगरी निप्पल देखाउन पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

top less (2)

मध्य म्यानह्याटनमा प्रहरीले वरिपरीको यातायात बन्द गरेर प्रदर्शनकारीलाई सुविधाजनक बनाइदिएको थियो । त्यहाँ करिब ३ सय टपलेस महिलाहरुको उपस्थिति रहेको थियो । न्यूयोर्कमा सन् १९९२ देखि छाति खुला गरेर हिँड्न महिलालाई द्धुट दिइएको छ । तर मेयर बिल डे ब्लासिओ र प्रहरी आयुक्त बिल ब्राटोन अहिले अर्द्धनग्न भएर तथा शरीरमा पेन्ट गरेर हिड्न महिलालाई रोक्ने विषयमा छलफल गरिरहेका छन् ।

महिलाहरुले करिब दुई घन्टा सडकमा उफ्रिदा पैदलयात्रु तथा पर्यटकलाई रमिता भएको थियो । धेरैले अर्द्धनग्न महिलाहरुलाई अंगालो मारेर सेल्फी खिच्न भ्याए ।

top less (3)

top less (4)

top less (5)

top less (6)

top less (7)

top less (8)

top less (9)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment