Comments Add Comment

अनौठो ठाउँ, जहाँ पर्यटकले छाडेर जान्छन् आफ्ना ब्रा र पेन्टी

sex shop

दक्षिण अफ्रिकाका फ्रयांक रोनाल्डले सायद सपनामा पनि सोँचेका थिएनन् की उनको मदिरा पसल कुनैदिन पर्यटकीय केन्द्र बन्नेछ भनेर ।
उनका साथीहरुले त्यो पसलको साइनबोर्ड राखिदिने क्रममा पसलको नाम रनिज शप राख्नुपर्नेमा मजाक गरेर रनिज सेक्स शप देखिदिए । आखिर मजाक गरेर लेखिएको त्यहीँ कुरा उनको भाग्य बदल्ने माध्यम बन्यो ।

उनको पसलमा मदिरापानका लागि पर्यटकहरु झुम्मिन्छन् अहिले । पर्यटकहरुले निकै मन पराउँदा रहेछन् त्यो नाम ।

यद्यपि यसको नाम सेक्स सप भएपनि त्यहाँ कुनै यौनक्रिडा भने हुँदैन । त्यो पूरै सोमरस पान गर्नेहरुले भरिएको हुन्छ ।

पसलको नाम यौन पसल राखिएको देखेर कतिपय पर्यटक त त्यसलाई वेश्यालय नै सम्झिएर ग्राहक बनेर छिरे । तर छिरेपछि जब फ्रयांकसँग सबै कुरा बुझ्थे तब पाहुनाहरु अचम्ममा पर्थे । सुरुमा त आफ्नो पसलको नामको बारेमा बताउँदा पनि उनलाई लाज लाग्थ्यो रे ।
sex shop1
विस्तारै यो बार शप पर्यटकको आकर्षणको केन्द्र बन्न थाल्यो । फ्रयांकले पसलको नाम अंकित टिसर्ट समेत तयार गरेर पर्यटकलाई बेच्न थाले । त्यसले थप चर्चा बढायो ।

नाम अनुसारको काम उक्त पसलमा नपाएपछि एकजना पर्यटकलाई सायद सनक चढ्यो होला । त्यसैलेे आफ्नो पेन्टी फुकालेर त्यसमा पसलका बारेमा टिप्पणी लेखेर छतमा राखिदिए । सेक्स शपको छतमा पेन्टी झुण्डिएको विषय चर्चित बन्यो । त्यसपछि त के चाहियो र, पसलमा पुग्ने जो कोही पर्यटकले आफ्नो भित्री वस्त्र फुकालेर त्यसमा आफ्नो मनका कुरा लेखेर छतमा टाँग्न थाले ।

त्यो अहिले एउटा ट्रेण्डकै रुपमा स्थापित भएको छ । छतमात्र होइन पसलको कोठाहरुमा पनि यत्रतत्र मानिसहरुका ब्रा तथा पेन्टी झुण्डिएको देख्न सकिनछ । उनको पसलमा दिनको अढाइ सय जति पाहुना आउने गरेका छन् ।

sex shop2

sex shop3

Sex shop4

sex shop5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment