+
+
Shares

खोला छेउमा बाँकी बस्तीको व्यवस्थापन गर्नुपर्‍यो : कबिन्द्र बुर्लाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रतिनिधिसभामा खोला छेउका बस्ती समयमै व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे ।
  • उनले भदौ १० को भोटेकोशी र असोज १० र ११ को बाढीपछि खोलाछेउको बस्ती हटाउनुपर्ने चेत सबैमा खुलेको बताए ।
  • बुर्लाकोटीले अझै धेरै बस्ती र पुलको पुनर्मूल्यांकन गरेर जोखिम घटाउनुपर्ने उल्लेख गरे ।

१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले खोला छेउमा रहेका बस्तीको व्यवस्थापन गर्नुपपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘खोला छेउको बस्ती हटाउँदा सरकारलाई खुब गाली गरियो । सरकारले गाली सह्यो पनि । बस्ती हटाउने सन्दर्भमा व्यवस्थापनमा केही कमिकमजोरी रह्यो पनि होला । सुधार्नुपर्ने रह्यो होला,’ उनले भने, ‘तर भदौ १० को भोटेकोशी बाढी र अहिलको असोज १० र ११ को बाढी हेर्दा खोलाछेउको बस्ती हटाउनुपर्ने रहेछ भन्ने चेत सबैको खुलेको छ ।’

यहाँनेर उनले खोला छेउमा अझै धेरै बस्ती बाँकी रहेको तिनको व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

‘अझ धेरै खोला छेउमा बस्ती बाँकी छ । त्यसलाइ समयमै व्यवस्थापन गर्न सकिएन भने फेरि ठूलो जोखिम उठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाम्रा पुलहरू पनि कमिसनको आडमा पुल पनि तलतल हालेछौं । यो सबै चीजको पुनर्मूल्यांकन भएर अगाडि बढ्न म अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?