८ भदौ, काठमाडौं । पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ ।
मंगलबार भएको खेलमा भारतले माल्दिभ्सलाई ३-० ले हराएको छ । यससँगै भारत समूह विजेताका रुपमा र अफगानिस्तान समूह उपविजेताका रुपमा सेमिफाइनल पुगे ।
नेपाल समूह एको विजेता हो । र, अन्तिम चारमा समूह बीको उपविजेता अफगानसँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बीको विजेता भारतले समूह एको उपविजेता बंगलादेशसँग खेल्नेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल थप्यो । भारतको जितमा लागि मोनुद्दिन, लालराम जुभा र अनिरुद्ध थापाले गोल गरे ।
प्रतिक्रिया 4