+

दक्षिण एसियाली वादोरियो करातेमा नेपाल टिम च्याम्पियन

२०७२ भदौ  ९ गते १६:०७ २०७२ भदौ ९ गते १६:०७
दक्षिण एसियाली वादोरियो करातेमा नेपाल टिम च्याम्पियन

Karete-team

९ भदौ, काठमाडौं । नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ ।

गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो ।

पुरुषको ५०-५५ केजीमा निरज गौतम, ५५-६० केजीमा मोहन तामाङ, ६०-६५ केजीमा मनोज लामा, ६५-७० केजीमा लक्ष्मण तामाङले स्वर्ण जिते । महिलाको ४०-४५ केजीमा याङ डोल्मा शेर्पा, ४५-५० केजीमा अन्जु लामिछाने तथा ५०-५५ केजीमा रोएकता सिंहले नेपाललाई स्वर्ण दिलाए ।

पुरुष टिम कातामा निरज गौतम, मनोज लामा र पुरुषोत्तम पोखरेलले नेपालका लागि स्वर्ण जिते । महिला एकल कातामा रोएकता सिंह र याङ डोल्मा शेर्पाले पहिलो स्थान हात पारे ।

पुरुष खुलातर्फ सुदीप थारुले रजत र ४५-५० केजीमा पुरुषोत्तम पोखरेलले कांस्य हात पारे । पुरुष एकल कातामा लक्ष्मण तामाङ र मोहन तामाङले रजत हासिल गरे ।

भारतको गुजरातमा अगष्ट २२ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको नेपाल कराते महासंघका महासचिव, वादोरियो करातेका प्रमुख प्रशिक्षक एवं दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष हरिशरण केसीले उद्घाटन गरेका थिए ।

टोलीलाई बुधबार नेपाल वादोरियो कराते डो संघका पदाधिकारी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय