Comments Add Comment

ग्लोबल बैंकको ८७औं शाखा ललितपुरको ग्वार्कोमा

Glowal IME Bank Gwarko Branch

९ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुरको ग्वार्कोमा शाखा विस्तार गरेको छ । शाखाको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

यो सहित बैंकका देशभर शाखा संख्या ८७ पुगेका छन् । ग्वार्को शाखासँगै बैंकका काठमाडौं उपत्यकामा ३० वटा शाखा पुगे ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पुर्‍याउने उद्धेश्य राखेको बैंकले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आइरहेको छ ।

अहिलेसम्म बैंकको ६० अर्ब निक्षेप संकलन गरी ५० अर्ब भन्दा बढी कर्जा प्रवाह गर्न सफल भएको छ । ८७ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९० वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३५ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा अष्टे्रलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment