Comments Add Comment

मलेसियामा भएको तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

Tekwando-Team
फाइल तस्वीर

रामचन्द्र नेपाल

क्वालालम्पुर । मलेसियामा भएको दुई दिने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले दुईवटा स्वर्ण पदक सहित अन्य दुईवटा पदक जित्न सफल भएको छ ।

मलेसियाको सारावाकमा भएको सारावाक चिफ मिनिस्टर वोल्ड कप इण्टरनेशनल तेक्वान्दो च्याम्पियनशिपमा नेपालले उक्त पदक जित्न सफल भएको हो ।

महिला तर्फको ४६ केजी मुनीको तौल समुहमा काजल श्रेष्ठ र ४९ केजी मुनीको तौल समूहमा अस्मिता खड्काले स्वर्ण पदक जितेकी हुन् ।

यसैगरी ६३ केजी मुनीको तौल समुहमा सुवोध खडकाले सिल्भर मेडल जितेका छन् भने काजल श्रेष्ठले वेष्ट प्लेयर कास्य पदक जित्न सफल भएका छन् ।

खेलमा आयोजक राष्ट्र मलेसिया सहित थाईलैण्ड, सिगापुर, चीन, अस्ट्रेलिया, इण्डोनेसिया लगायत १६ मुलुकको सहभागिता रहेको थियो ।

खेलमा नेपालका ४ खेलाडीसहित एक मेडिसियन, एक टिम मेनेजर, एक हेड अफ टिम, एक टिम कोच र एक अन्तराष्ट्रिय रेफ्री गरी नौ जनाले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment