Comments Add Comment

म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिग खेल्ने

Wayne Rooney

१० भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ ।
प्ले अफको दोस्रो लेगमा क्लब ब्रुगलाई ४-० को जित निकोलेको युनाइटेडले समग्रमा ७-१ को जितका साथ च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो ।

बुधबार राति भएको दोस्रो लेगमा वायन रुनीले हृयाट्रिक पुरा गरे । एक पक्षीय खेलको २० औं मिनेटमा रुनीले गोलको खाता खोलेका थिए । पछिल्लो १० खेलमा गोल गर्न नसकेका रुनीले दोस्रो हाफको ४९ र ५७ औं मिनेटमा गोल गर्दै रुनीले हृयाट्रिक पुरा गरे ।

खेलको ६३ औं मिनेटमा हरेराले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई ४-० को जित दिलाए । पहिलो लेग युनाइटेडले ३-१ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment