Comments Add Comment

अन्तरीक्षमा पूराइयो व्हि्स्की !

Space

एक स्वचालित मालवाहक अन्तरीक्ष यान व्हिस्की लिएर अन्तराष्ट्रिय स्पेश स्टेसनमा सफलतापूर्वक उत्रिएको छ ।

यसरी अन्तरीक्षयानले अन्तरीक्षमा रक्सी लगेपछि त्यहाँ रहेका अन्तरीक्षयात्रीले मज्जाले पिउन पाउने भए भन्ने सोँच्नुहोला । तर होइन स्पेश स्टेसनमा रहेका ६ जना अन्तरीक्षयात्रीले उक्त व्हिस्कीको मज्जा लिन पाउने छैनन् ।

जापानी व्हिस्की कम्पनी सन्तारीले उक्त व्हिस्कीको नमूना सेवनका लागि नभै पूरै वैज्ञानिक अनुसन्धानका लागि पठाएको हो ।

शुन्य गुरुत्वाकर्षणमा एक वर्षसम्म राख्दा व्हिस्कीको स्वाद तथा वासनामा कस्तो असर पर्दछ भन्ने कुराको अनुसन्धान गरिनेछ ।

Space1

शोधकर्ताहरुले तापक्रममा हल्का परिवर्तन तथा द्रव्यमानको सिमित गति भएको वातावरणमा राख्दा व्हिस्की अझै स्वादिलो बन्ने अनुमान गरेका छन् ।

अघिल्लो महिना मात्रै तीनवटा रुसी तथा अमेरिकी मालवाहक अन्तरीक्षयान अन्तरीक्ष स्टेसनका लागि प्रक्षेपण गरिएकोमा सफल हुन सकेको थिएन । तर जापानी यान भने स्पेस स्टेसनमा सफलतापूर्वक उत्रिएको छ ।

५.५ टनको कुओनोतोरी नामको उक्त विशेष यानमा व्हिस्कीसँगै अन्य विभिन्न सामान पनि राखिएको छ ।

गएको बुधबार दक्षिण जापानबाट एच आइआइबी रकेटको मद्धतले यसलाई अन्तरीक्षमा प्रक्षेपण गरिएको थियो ।
यसमा वैज्ञानिक प्रयोगका लागि खाना, पानी, कपडा तथा उपकरण पनि राखिएको छ ।

४५ वर्षीय जापानी अन्तरीक्षयात्री किमिया युइले उक्त यान स्पेस स्टेसनमा उत्रिनु पहिले यसलाई पक्रिनका लागि एक रोबोटिक हातको प्रयोग गरेका थिए ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीका अनुसार यो मालवाहक अन्तरीक्षयान सेप्टेम्बरमा पृथ्वीमा फर्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment