Comments Add Comment

आइफोनका फोन नम्बर कसरी एन्ड्रोइडमा सार्ने ?

iphone_6

यदि तपाइँले आइफोन चलाइरहनुभएकेा थियो र अबदेखि एन्ड्रोइड फोन चलाउदै हुनुहुन्छ भने सबैभन्दा झण्झट र दुखको कुरा एउटै हुन्छ, आइफोनमा भएका कन्ट्याक्ट नम्बर कसरी नयाँ एन्ड्रोइड फोनमा सार्ने ?

एक एक गरेर टाइप गर्दै फोन नम्बरहरु नयाँ फोनमा सार्नु त्यति व्यवहारिक भएन । प्राविधिक हिसावले पनि एउटा अपरेटिङ सिस्टमवाला फोनमा भएका कन्ट्याक्ट नम्बरहरु अर्को अपरेटिङ सिस्टमवाला फोनमा सार्नु कठीन कुरा नै हो ।

तर चिन्ता नलिनुस् यसको एउटा सजिलो तरिका पनि छ । यदि यो तरिका अपनाउनुभयो भने तपाइँको आइफोनमा भएका सबै कन्ट्याक्ट लिष्ट एन्ड्रोइड फोनमा कपी हुन्छन् ।

सबैभन्दा पहिले आफ्नो नयाँ एन्ड्रोइड फोनमा आफ्ना गुगल अकाउण्ट लगइन गर्नुहोस् ।

त्यसपछि आफ्नो आइफोनको सेटिंग्समा गएर मेल, कन्ट्याक्टस् तथा क्यालेण्डर छान्नुहोस् ।

आइफोनमा यी तिन चिज चयन गरिसकेपछि तपाइँको कामसँग सम्बन्धित पूरै जानकारी एन्ड्रोइडमा आउनेछ । त्यसपछि एड अकाउण्टमा जानुहोस् जहाँ तपाइँले गुगल अकाउण्ट छान्नु पर्नेछ ।

त्यहाँ तपाइँले आफ्नो गुगल अकाउण्टमा लगइन गर्नुहोस् । त्यो गुगल अकाउण्ट तपाइँले एन्ड्रोइडमा लगइन गरेको गुगल अकाउण्ट नै हुनुपर्नेछ ।

एक दुइ घण्टापछि जब तपाइँले आफ्नो एन्ड्रोइड फोनको इमेलमा आइफोनका सबै कन्ट्याक्ट नम्बर पाउन सक्नुहुनेछ । ती नम्बरहरु एन्ड्रोइड फोनको एड्रेस बुकमा पनि प्राप्त हुनेछन् ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment