Comments Add Comment

नेताहरु सस्तो हुँदा गाइजात्रामा भूकम्पको कथा

gaijatra-photoआइतबार गाइजात्रा पर्व । गाइजात्रा पर्वलाई हाँस्य कलाकारहरुको दशै पनि भनिन्छ । तर, यसपटक हाँस्य कलाकारहरुले खासै यसमा चहलपहल गरेका छैनन् । यसपटक गाइजात्रा कार्यक्रम गर्ने वा नगर्ने भन्ने बिषयमा नै दोधारमा रहेर केही कलाकारले काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्ने तयारी गरेका छन् ।

भदाै १२ गतेदेखि २६ गतेसम्म गाइजात्रा पर्व आयोजना गर्न लागिएको कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले अनलाइनखबरलाई जानकारी दिए । उनले भने-‘तिते जिरे मेरी बास्सै’को नाममा नै यसपटक यो कार्यक्रम आयोजना हुनेछ ।

यसपटकको बिषयमा आफूहरुले भूइचालोलाई रोजेको उनले बताए । उनले भने-‘नेताहरु सस्तो भैसके, यसैले उनीहरुको बिषय पनि केही समावेश त हुन्छ । तर, भूइचालोलाई प्राथमिकताका साथ बिषय बनाएका छौ ।’

यसपटक प्रचारप्रसार खासै किन भएन त भन्ने प्रश्नमा अर्का कलाकार दिपकराज गिरीले भने-‘म चलचित्रको प्रचारका लागि हिडिरहेको छु । यसैले प्रचार गर्न भ्याइएन ।’ यसपटक कलाकारहरु कार्यक्रम गर्ने वा नगर्ने भन्ने दोधारमा थिए । देशको परिस्थिती, बन्द, हड्तालका कारण कार्यक्रम हुने वा नहुने भन्ने बिषयमा ढुलमुल थियो । यसैको विचमा रहेर कलाकारहरुले कार्यक्रम गर्न लागेका हुन् ।

कलाकारहरुले गतिलो तबरले तयारी पनि गर्न भ्याएका छैनन् । यसपटक गतबर्षका जस्तो चहलपहल गाइजात्रा कार्यक्रमका लागि देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment