Comments Add Comment

साहरुखबाट के कुरा सिक्न चाहन्छन् कपिल ?

srk-and-kapil-sharma‘कमेडी नाईट्स विथ कपिल’वाट चर्चामा आएका ३४ बषिर्य कपिल शर्माले बलउिडमा नयाँ चरणको सुरुवात गरेका छन् । अब्बास मस्तान निर्देशित चलचित्र ‘किस किसको प्यार करुँ’मा कपिलले एक हैन तीन-तीन जना सुन्दरीसँग रोमान्स गरेका छन् ।

तीनै सुन्दरीहरुसँगको रोमान्सले कपिललाई टेलिभिजनबाट टाढा पुर्‍याउने त हैन भन्ने आशंका पनि उब्जिएको छ । चलचित्रमा काम गर्ने क्रममा एउटा पुरानो समस्याले निरन्तरता पाएको उनले बनाए ।

उनी जतिवेला टिभीमा ‘कमेडी सर्कस’ मा काम गर्थे, हत्केलाभरी डाईलग लेख्थे । उनी भन्छन्-‘संवाद सम्झन अहिले पनि मलाई समस्या पर्छ । पुरानो बानी अझै छुटेन ।’

उनको बुझाईमा फिचर चलचित्रमा फिल्मको संवाद भुले पनि खासै फरक पर्दैन तर, टीभी र लाईभ शोमा निकै अप्ठ्यारो हुन्छ । कमेडियनवाट हिरो हुन त्यती सजिलो छैन भन्नेमा उनी सचेत छन् । किनकी बलिउडले प्राय हाँस्य कलाकारलाई हिरोको छेउमा उभ्याएको मात्रै छ । कपिललाई निर्माताले पछि आफूलाई पनि यसै गर्छन् भन्ने लागेको छ ।

कपिल बलिउड नायक साहरुख खानलाई आफ्नो आदर्श पात्र मान्छन् । साहरुखमा धेरै गुण देखेका कपिलले आफैं पनि साहरुखसँग केही कुरा सिक्ने योजनामा छन् । उनको बुझाईमा क्षमता हुने कलाकारका लागि बलिउड सम्भावनाको खानी हो ।

उनी भन्छन्-‘बलिउडमा आफ्नो ठाउँ बनाउन एकदमै मुस्किल हुन्छ । यदि क्षमता छ भने त्यती धेरै टाढाको कुरा पनि होईन ।’ कतिपय स्टारका सन्तान असफल भएकोप्रति इङ्गीत गर्दै उनले भने-‘क्षमता छैन भने बा-आमाको सोर्स लगाएर पनि केही हुनेवाला छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment