Comments Add Comment

कोमल वलीको फिटनेस : ‘शरीरका तन्किने अंगहरु तन्काउनुपर्छ’

komal oli
४० बर्ष काटिसक्दा पनि गायिका कोमल वली सुन्दर देखिन्छिन् । अविवाहित कोमल सुन्दर त्यसै देखिएकी होइनन्, यसको पछाडि उनको फिटनेश राज पनि छ । कोमलले अनलाइनखबरसँग आफ्नो फिटनेश राज यसरी खुलाइन् :

म हरेक बिहान साँढे ५ देखि ६ बजेसम्म उठिसकेकी हुन्छु । कम्तिमा एक घण्टा मर्निङवाकमा जान्छु । मर्निङवाक गर्ने मानिस विस्तारै अल्छी गर्दै हिड्छन् । तर, फटाफट खुट्टा दुख्ने गरि हिड्नुपर्छ ।

मर्निङवाक सकाएपछि आधा घण्टा घरमै एक्सरसाईज गर्छु । शरिरका तन्काउनुपर्ने अंगहरु तन्काएर एक्सरसाईज गरेपछि आराम मिल्छ । त्यसपछि एक लिटर पानी खान्छु ।

एकलिटर पानी एकै पटक खानुपर्छ भन्ने होईन । सकिदैन भने पटक-पटक गरेर पिउँदा पनि हुन्छ । मैले एकै बसाईमा भ्याउने गरेकी छु ।

मेरो बिहान पूजा गर्ने बानी छ । घरमै भएको मन्दिरमा धुप बाल्छु र पूजा गर्छु । पीपलको बोटमा पानी चढाउने दिन छ भने त्यो पनि गर्छु । त्यती गर्दासम्म मेरी भाउजुले ब्रेक फाष्ट तयार गरिदिनु हुन्छ । स्याउ, केरा लगायतको सामान्य खालको ब्रेकफाष्ट हुन्छ ।

घरमा बसुन्जेल पुरै हाँसेर बस्नुपर्छ । तनाब विनाको जीबन त कसैको पनि हुन्न । यो केही होईन भनेर भन्नुपर्छ र साथी भाई र घरका मान्छेका अगाडि रमाएर कुरा गर्नुपर्छ ।

त्यसपछि मान्छेहरुसँग भेटघाट, कुराकानी, वा अरु धेरै काम गर्छु । दिउँसो प्राय म दाल भात नै खान्छु । साँझ भने चामल खान्न । एक कचौरा दाल, रोटी र एक गिलास दुध खान्छु ।

दिल खोलेर हाँस्ने, तनाव नलिने, खानमा विशेष ध्यान पुर्‍याउने र दैनिक व्यायम गर्ने हो भने मानिस निरोगी र फिट दुबै हुन्छ जस्तो लाग्छ मलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment