Comments Add Comment

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने युरोपको उत्कष्ट फुटबलर

Messi

११ भदौ, काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी युरोपको उत्कष्ट फुटबलर घोषित भएका छन् ।
बिहीबार राति च्याम्पियन्स लिग ड्र सार्वजनिकपछि यूईएफए वेष्ट प्लेयर इन युरोपको विजेता घोषणा भएको हो ।

जसमा मेस्सीले चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डो र टीममेट लुइस स्वरेजलाई पछि पार्दै उपाधि जितेका हुन् । लाइभ मतदानमा ५४ खेल पत्रकारले भाग लिएका थिए । जसमा मेस्सीले ४९ मत पाए भने स्वारेजले तीन तथा रोनाल्डोले दुर्इ मत मात्र पाएका थिए ।

मोनाकोमा भएको कार्यक्रममा यूईएफए अध्यक्ष मिचेल प्लाटिनीले मेस्सीलाई अवार्ड प्रदान गरे ।

गत सिजन मेस्सीसँगै नेयमार र लुइस स्वरेजसहितको बार्सिलोनाले च्याम्पियन्स लिग, ला लिगासहित प्रमुख तीन उपाधि जितेको थियो । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्यन म्युनिखविरुद्ध मेस्सीले गरेको गोल सिजनकै उत्कृष्ट गोल समेत घोषित भएको छ ।

युरोपको उत्कृष्ट फुटबलरको अवार्ड पाएपछि मेस्सीले आफ्नो टीममेट र सबैलाई धन्यवाद दिएका छन् ।

मेस्सी दोस्रो युरोपको उत्कृष्ट फुटबलर बनेका हुन् । यसअघि पहिलो संकरणको यूईएफए वेष्ट प्लेयर इन युरोपको अवार्ड पनि मेस्सीले नै जितेका थिए ।

गत सिजन रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले यो अवार्ड जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment