Comments Add Comment

हेडक्वाटरको सल्लाहमै आन्दोलनमा गएका हौं : रामचन्द्र झा

११ भदौ, काठमाडौं । एमाओवादी नेता रामचन्द्र झाले पार्टी हेडक्वाटरको निर्देशन र सल्लाहमै आन्दोलनमा जान लागेको बताएका छन् ।

माओवादीका मधेसी नेताहरुले मधेसमा दुई प्रदेश बनाउनु पर्नेसहितका १० बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।
ramchandra-jhaएमाओवादी नेता झाले वार्तामा बसेका नेताहरुलाई बल पुर्‍याउन र जनमतलाई सडकमा उतार्न आन्दोलनको घोषणा गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै नेता झाले भने-‘पार्टी हेडक्वाटरको निर्देशन र सल्लाहमा नै आन्दोलनमा अघि बढाउन लागिएको हो ।’

मधेसका कतिपय ठाउँमा आन्दोलन हिंसात्मक भएकाले पनि सामाजिक सद्भाव खलबलिन नदिन आफूहरु आन्दोलनमा जान लागेको मधेसी राष्ट्रिय मुक्ति मोर्चाको दाबी छ । आन्दोलनमा जानुको कारण बताउँदै नेता झाले भने-सामाजिक सद्भाव खलबलिन र हिंसा भडि्कने अवस्था आउँदा हामी चुपचाप बस्न सक्दैनौं ।’

माओवादी नेता झाले आफूहरु मधेसी राष्ट्रिय मुक्ति मोर्चाको व्यानरमा आन्दोलनमा जाने बताए । ‘कतिपय मुद्दामा हाम्रो नैतिक समर्थन रहन्छ’ उनले भने-तर, हाम्रो आफ्नै अस्तित्व छ । सबैसँग मिसिएर आन्दोलन गर्दैनौं ।’ नयाँ संविधान निर्माणका क्रममा पार्टीले राखेका फरक मतहरु जनतासम्म लैजान पनि आन्दोलनमा जानु परेको माओवादीका मधेसी नेताहरुको दाबी छ । तर, आफूहरुको आन्दोलन संविधान निर्माणलाई अवरोध गर्न नभएको नेता झाले बताए ।

एमाओवादीको मधेसी मोर्चाले अघि सारेको १० बुँदे मागको पहिलो नम्बरमा नै आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा र घाइतेको उपचार सरकारले गर्नु पर्ने उल्लेख छ ।

तपाईहरु सहभागी नै नभएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्न माग गर्नु भएछ नि भन्ने प्रश्नमा झाले भने-आन्दोलनमा जनताले सहादत दिएका छन् भने राज्यले सहिद घोषणा गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment