Comments Add Comment

कम्युनिस्टलाई कांग्रेसले सोध्यो-संविधान लेखौं कि महाधिवेशनमा जाउँ ?

११ भदौ, काठमाडौं । अब एक महिनाभित्र पार्टीको १३ औं महाधिवेशन आयोजना नगर्ने हो भने नेपाली कांग्रेस पार्टी अवैधानिक हुनेछ । संविधान अनुसार कांग्रेस पार्टीको अस्तित्वमै प्रश्न उठ्छ ।

फाइल तस्वीर
फाइल तस्वीर

तर कांग्रेसका नेताहरु भने अझै पनि महाधिवेशन कहिले गर्ने भन्नेमा निर्णय गर्न असफल भएका छन् । शुक्रवार बसेको पार्टी पदाधिकारी बैठकमा संविधान भदौ २० भित्र आउने अवस्थामा महाधिवेशन असोजभित्रै गर्ने प्रस्ताव आएको स्रोतले जनाएको छ ।

तर संविधान भदौ २० सम्म पनि नआउने भए महाधिवेशन गर्न नसकिने भन्दै यसको निर्णय भदौ १५ सम्ममा गर्ने गरी पदाधिकारी बैठक टुंगिएको छ ।

‘कांग्रेस संकटमा’

संविधानसभा भवनभित्रै बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माण र महाधिवेशन दुवै एकैपटक जुधेकाले दुई मध्ये एक काम रोज्नुपर्ने संकटमा कांग्रेस पुगेको बताए ।

यदि संविधान भदौ मसान्तसम्म पनि जारी गर्न नसकिने अवस्था कांग्रेस महाधिवेशन सार्नुपर्छ । त्यसका लागि अन्तरिम संविधानमा संशोधन गर्नुपर्ने हुन्छ ।

नयाँ संविधान जारी भयो भने त संविधानमै ६ महिनासम्म महाधिवेशन सार्न सकिने उल्लेख छ । तर भएन भने अन्तरिम संविधान संशोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि संसदमा दुई तिहाई बहुमत पुर्‍याउन एमाले, एमाओवादी लगायतका दलको समर्थन चाहिन्छ ।

पौडेलले भने, ‘हामी उहाँहरुलाई सोध्छौं, संविधान निर्माणमा लागौं कि महाधिवेशनमा लागौं भनेर । उहाँहरुले हामीलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ ।’

त्यो अवस्थामा कांग्रेस महाधिवेशनकै लागि संविधानमा संशोधन गरिनेछ । दलको महाधिवेशन प्रत्येक ५ वर्षमा हुनुपर्ने संविधानको व्यवस्था छ । संशोधन गर्दा ६ महिनासम्म समय दिन सकिने गरी गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment