Comments Add Comment

एसीसी यू-१९ प्रिमियर लिगमा नेपालको विजयी सुरुवात

Nepal U-19 Team for ACC U19 Premier 2015

११ भदौ, काठमाडौं । एसीसी यू-१९ प्रिमियर लिग क्रिकेटमा नेपालको युवा टोलिले सुखद सुरुवात गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले युएईलाई १४९ रनको भारि अन्तरले हरायो ।

नेपालले दोस्रो खेल शनिबार अफगानिस्तानसँग खेल्ने छ ।

क्वाललम्पुरको बायोमास ओभलमा नेपालले दिएको २ सय रनको लक्ष्य पछ्याएको युएई २०.५ ओभरमा मात्र ५० रनमा समेटियो । ७.४ ओभरमा नेपालले युएईको पहिलो विकेट लियो । त्यसपछि निरन्तर विकेट गुमाएको युएईले नेपालको घातक बलिङको समाना गर्न सकेन । युएईका ५ जना ब्याट्सम्यानहरु डकआउट भएका थिए ।

नेपालका लागि सौरभ कँडेलले ४, सुनिल धमलाले ३ र प्रेम तामाङले २ विकेट लिए । प्रेमले ०.५ ओभर बलिङ गर्दा कुनैपनि रन नखर्ची २ विकेट लिँदै दोस्रो इनिङको अन्त्य गरिदिए ।

युएईका कप्तान वारुना परेराले सर्बाधिक ३२ रन जोडे । अर्का ओपनर जफिर जफादिनले १२ रन जोडे । त्यस्तै ३ जना ब्याट्म्यानहरुले समान १-१ रन जोडे ।

यसअघि बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम चार बल खेल्नु अघि सबै विकेट गुमाएर १९९ रन बनाएको थियो ।

नेपालको सुरुवात राम्रो रहेन । ओपनर सुनिल धमला मात्र १ रनमा आउट हुँदा टीमको स्कोर मात्र ३ रन थियो । त्यसपछि पनि नेपाली ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् र ६५ रन जोड्दा ५ विकेट गुमायो ।

सन्दिप सुनार १८, आरिफ शेख २२, राजवीर सिंह ५ र योगेन्द्र सिंह कार्की २ रनमा आउट भए ।

तर, कप्तान राजु रिजालले कप्तानी पारी खेले । उनले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सातौं विकेटका लागि शौरभ खनालसँग समान ५२र५२ रनको साझेदारी गरे । ऐरी व्यक्तिगत २० रनमा आउट भए भने खनालले २४ रन जोडे ।

राजु रिजालले ८४ बलमा ६ चौका र एक छक्काको मदतमा ६२ रन बनाए । प्रेम तामाङ १, सुशील कँडेल ६ रनमा आउट भए भने दिपेश श्रेष्ठ १२ रनमा अविजित रहे ।

यूएईका जाफरी जफरदीनले तीन विकेट लिए । अब्दुल्लाह आसिफ र इसान अली खानले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment