Comments Add Comment

इन्द्रजात्राको रथ दिउँसै तानिने

१२ भदौ, काठमाडौं । यो वर्षको इन्जजात्राको रथ दिउँसै तानेर साँझसम्ममा सम्पन्न गरिने भएको छ । गुठी संस्थानले शुक्रबार इन्द्रजात्रा मनाउने विषयमा छलफल गर्न पहिलोपटक बोलाएको बैठकमा अधिकांश सरोकारवालले दिउँसै तान्ने सल्लाह दिएका हुन् ।

indrajatra-mainशक्तिशाली भूकम्पका कारण क्षतिग्रस्त राजधानीको सम्पदाक्षेत्रमा साँझपख रथ तान्दा समस्या पर्ने भएकाले दिउँसै तान्ने व्यवस्था गर्न लागिएको इन्जजात्रा मूल समारोह समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिएको नेपाल समाचारपत्रमा खबर छ । उनले टेकोको भरमा अडिएको घरलाई बचाउन पनि दिउँसो रथ तान्ने व्यवस्था गर्न लागिएको बताए ।

उनले गुठी, पुरातत्व, काठमाडौं महानगरपालिकालगायतका मुख्य सरोकार राख्ने कार्यालयलाई टेकोको भरमा अडिएका संरचनालाई तत्काल व्यवस्थापन गरी रथ गुड्न मिल्ने वातावरण बनाइदिन पनि आग्रह गरेका छन् । देवताको रथलाई खटमा राख्ने विषय सोच्नै नसक्ने भन्दै उनले राष्ट्रको जात्रालाई सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment