+

ला लिगामा रियल मड्रिडको पहिलो जित

२०७२ भदौ  १३ गते ६:५१ २०७२ भदौ १३ गते ६:५१
ला लिगामा रियल मड्रिडको पहिलो जित

James Rodriguez

१३ भदौ, काठमाडौं । ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजले दुई दुई गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगामा पहिलो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल बाटिसलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा राफेल बेनिटेजको प्रशिक्षणमा रियलको यो पहिलो जित थियो ।

खेलमा रियलले दोस्रो मिनेटमा बेलको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा रेड्रिग्वेजले घरेलु टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको सुरुमा नै करिम बेन्जिमाले गोल गरे भने ५० औं मिनेटमा रेड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल गरे ।

६० औं मिनेटमा रियल बाटिसले पेनाल्टी पाएको थियो । तर, रुवेन कास्ट्रोको प्रहार रियल मड्रिडका गोलरक्षक नाभासले रोकिदिए  ।

खेलको अन्त्यतिर बेलले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ५–० ले विजयी भएको छ । ला लिगाको आफ्नो पहिलो खेलमा रियल मड्रिड गिजोनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय