+

मालागामाथि बार्सिलोनाको संघर्षपूर्ण जित

२०७२ भदौ  १३ गते ७:०० २०७२ भदौ १३ गते ७:००
मालागामाथि बार्सिलोनाको संघर्षपूर्ण जित

Thomas Vermaelen

१३ भदौ, काठमाडौं । थोमस भर्मालिनको गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले मालागालाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले मालागामाथि १–० को संघर्षपूर्ण जित हात पारेको हो ।

बार्सिलोनाका तीन स्ट्राइकर लिओनल मेस्सी, लुइस स्वरेज र नेयमार एकसाथ खेलिरहेका थिए । सबैको नजर उनीहरुमाथि नै थियो तर, विजयी गोल भर्मालिनले गरे ।

भर्मालिनले ७३ औं मिनेटमा गोल गरेका हुन् । गत सिजन आर्सनलबाट बार्सिलोना गएका भर्मालिनको क्लबका लागि यो पहिलो गोल समेत हो ।

त्यसअघि दोस्रो हाफमा मालागाका गोलरक्षकले लिओनल मेस्सीको चार प्रहार असफल बनाएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय