Comments Add Comment

श्रीलंका २०१ रनमा समेटियो, भारतको खराव सुरुवात

Kusal-Perera

१३ भदौ, काठमाडौं । भारतविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको पहिलो पारीमा श्रीलंका २०१ रनमा समेटिको छ ।

भारतले पहिलो पारीमा ३१२ रन बनाएको थियो । ८ विकेटको क्षतिमा बनाएको २९२ रनबाट तेस्रो दिनको खेल थालेको भारतले कुल ३१२ रन बनाउँदा बाँकी दुई विकेट गुमायो ।

इशान्त शर्मा (६) र उमेश यादव (४) को विकेट श्रीलंकाका रंगना हरेराले लिए । भारतका चेतेश्वर पुजारा १४५ रनमा अविजित रहे ।

धमिका प्रसादले भारतको मध्यक्रमलाई आफ्नो सिकार बनाएपछि पाहुना टोली मजबुत स्थितितर्फ अग्रसर हुन रोकिएको थियो । तर पुजाराले भारतलाई आरामदायी स्थितिमा पुर्‍याए ।

श्रीलंका २०१ रनमा समेटियो

आइतबार नै पहिलो पारी थालेको श्रीलंका टी ब्रेक लगतै २०१ रनमा अलआउट भयो ।

श्रीलंकाको सुरुवात निकै खराव हृयो । ४७ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । तर, पुछारका ब्याट्सम्यानले फलोअनबाट बचाए ।

सातौं नम्बरमा आएका कुसल परेरा र नवौं नम्बरमा आएका रंगना हेराथले सातौं विकेटका लागि ७९ रनको साझेदारी गरे । परेरा ५५ रनमा आउट भए भने हेराथले ४९ रन जोडे ।

इशान्त शर्मा एक्लैले पाँच विकेट लिए । अमित मिश्रा र स्टुआर्ड विन्नीले २/२ विकेट लिए ।

भारतको खराव सुरुवात

Cheteshwar-Pujara

आइतबार नै भारतले दोस्रो पारी थालेको छ । तर, उसको सुरुवात निकै खराव रहृयो । मात्र ७ रन जोड्दा ३ विकेट गुमायो । पहिलो पारीमा १४५ रनको अविजित पारी खेलेका पुजारा शुन्य रनमै आउट भए ।

लोकेश राहुल २ र अजिन्क्या रहाणे ४ रनमा आउट भएका छन् । तेस्रो दिनको खेल सकिँदासम्म थप विकेट नगुमाई २१ रन बनाएको छ । विराट कोहली १ र रोहित शर्मा १४ रनमा अविवित छन् ।

भारतले समग्रमा १३२ रनको अग्रता लिएको छ र ७ विकेट हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment