Comments Add Comment

इस्लामिक लडाकु आईएसले प्रचलनमा ल्यायो आफ्नै सिक्का

IS-gold-dinars

इस्लामिक लडाकु संगठन आईएसआईएसले एउटा लामो भिडियो सार्वजनिक गर्दै नयाँ प्रपोगण्डा सुरु गरेको छ । भिडियोमा उनीहरुले आफ्नै सुन, चाँदी र तामाको सिक्का प्रचलमा ल्याएको देखाएका छन् ।

हलिउडका युद्धमा आधारित फिल्म जस्तो नाटकीय बनाइएको भिडियोले अमेरिकालाई सन् १९३४ को सूच संरक्षण ऐनमार्फत अमेरिकीहरुको वास्तविक सम्पत्तिमा प्रभूत्व जमाएको दावी गरेको छ । आफ्नो नयाँ मुद्राको बढाईचढाई गरे तापनि आईएसआईएसले आफ्ना जिहादी लडाकुहरुलाई अमेरिकी डलरमै भुक्तानी नगरीकन सुख छैन ।

स्थानीय व्यापारका लागि स्थानीय मुद्राको प्रयोग निरन्तर छ, जसमा पश्चिमी मुद्राको स्थायीत्वको कारणले अमेरिकी डलर नै अगाडी आउँछ ।

जिहादी समुहले जनाए अनुसार एउटा २१ क्यारेटको दिनार ४.२५ ग्राम तौलको हुन्छ, जसमा रहेको सूनको तौलले गर्दा यसको मूल्य १३९ डलर बराबर हुन्छ ।

IS-gold-dinars-1

कागजी पैसाको तुलनामा आफ्नो मुद्राको कहिल्यै अवमूल्यन नहुने दावी संगठनको छ । आतंकवादी संगठन भएको कारणले यसले निकालेको मुद्रा उसको क्षेत्रभन्दा बाहिर भने प्रचलनमा आउने छैन ।

वास्तविकतामा इराकको दोस्रो ठूलो शहर मोसुलमा सन् २०१४ देखि आईएसआईएसको प्रवेश भएपछि उच्च मूल्य वृद्धि तथा खाद्यान्न अभावले जनता पीडित हुँदै आएका छन् । भिडियोमा आईएस सम्पूर्ण यूरोपलाई जित्दै संसारभरी फैलिने दावी गरिएको छ ।

थुप्रै महिनाअघि आईएसका समर्थकले थुप्रै सुनका सिक्काहरु जारी गर्दै इदको समयमा मुद्रा निस्काशन गर्ने घोषणा गरेका थिए । संगठनले आफ्ना सबै प्रभाव क्षेत्रहरुमा आफ्नो मुद्रा विस्तार गर्न सक्छ कि सक्दैन भन्ने कुरा मननीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment