Comments Add Comment

मठमन्दिर पुनर्निर्माण गर्न ८५ करोड इँटा चाहिने

१४ भदौ, काठमाडौं । विनाशकारी भूकम्पले ध्वस्त उपत्यकाका मठमन्दिर पुनर्निर्माण गर्न कम्तीमा ८५ करोड इँटा आवश्यक पर्ने देखिएको छ ।
Brick Bhaktapur (18)
पुरातत्व विभागले गरेको ‘इस्टिमेट अध्ययन’बाट उपत्यका भित्रका मठमन्दिर पुनर्निर्माणमा कम्तीमा ८५ करोड इँटा लाग्ने देखिएको हो ।

उक्त इन्टिमेट अनुसार एउटा सामान्य खालको मठमन्दिर पुनर्निर्माण गर्न ३५ लाख इँटा आवश्यक पर्छ । त्यसमध्ये मा अप्पा इँटा ३० लाख पिस आवश्यक पर्छ भने दची अप्पा इँटा पाँच लाख पिस आवश्यक पर्ने नयाँ पत्रिकामा खबर छ ।

काठमाडौंमा एक सय ५० मठमन्दिर ध्वस्त भएका छन् । त्यस्तै ललितपुरमा ५९ मठमन्दिर ध्वस्त भएका छन् त्यस्तै ३३ मठमन्दिर ध्वस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment