Comments Add Comment

दैनिक ५० हजार लिटर दूध खेर जाँदै

रविन्द्र घिमिरे

१४ भदौ, काठमाडौं । बजारीकरणको समस्याले दैनिक झण्डै ५० हजार लिटर दूध खेर जान थालेको छ । दूधको उत्पादन बढ्दै गएको र बजारमा माग घटेका कारण किसानले उत्पादन गरेको सम्पूर्ण दूध किन्न नसकिएको दूध खरिदकर्ता डेरीहरुले जनाएका छन् ।

बजारकै समस्या भएपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) सहित निजी डेरीहरुले विभिन्न क्षेत्रबाट दैनिक रुपमा दूधको खरिद गर्न छाडेका हुन् ।

अघोषित मिल्क होलिडे

किसानले उत्पादन गरेको दूध खेर जान थालेपछि केन्दि्रय दुग्ध उत्पादक सहकारी संघले अघोषित रुपमा मिल्क होलिडे सुरु milk collectionभईसकेको ठहर गरेको छ । यसअघि नियमित रुपमा दूध संकल गर्ने डिडिसीसहित डेरी उद्योगहरुले विभन्न बाहाना बनाएर अनियमित रुपमा दूध खरिद गर्न थालेको संका अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिए ।

यसले गर्दा दैनिक ठूलो मात्रामा दूध किसानकै घरमा थन्किएको देवकोटाको भनाई छ । ठूलो लगानी गरेर व्यवसायिक रुपमा दूध उत्पादन गर्नेहरुलाई अघोषित मिल्क होलिडेले धेरै समस्यामा पारेको देवकोटाको गुनासो छ ।

ईलाम, जनकपूर चीतवन, कोहलपूर लगायतका क्षेत्रबाट दैनिक रुपमा दूध उठेन नसकेको संघले जानकारी दिएको छ । डिडिसीसहित निजी डेरीहरुले आफुलाई आवश्यक पर्दा मात्रै दूध खरिद गर्न जान थालेका हुन् ।

डेरी उद्योगीको तर्क

अहिले दूध उत्पादनको मूल सिजन भएकाले दैनिक रुपमा ठूलो परिमाणमा दूध खरिद गर्न नसकिएको नेपाल डेरी एशोसियसनले पनि जनाएको छ । गत बैशाखको भूकम्पका कारण दूधको बजार प्रभावित हुँदा आफूहरुसंग रहेको पाउडर प्रयोग नभएकाले थप पाउडर उत्पादनका लागि दूध खरिद गर्न नसकिने एशोसियसनका उपाध्यक्ष राजनप्रसाद दाहालले जानकारी दिए ।

यस्तै स्टक रहेको घिउ विक्री नहुँदा पनि निजी डेरीहरु उत्पादन भएका सबै दूध उठाउन नसक्ने बताउँछन् । निजी डेरीहरुसंग अहिले झण्डै ६ सय टन घीउ विक्री नभएर बसेको छ । विशेषगरी भारतीय घीउसंग प्रतिस्पर्धा गर्न नसक्दा नेपालमा उत्पादित घीउको विक्री प्रभावित भएको छ । यसअघि नै डेरी उद्योगीहरुले एक महिनासम्म यस्तै अवस्था रहे दैनिक २ लाख लिटर दूध खेर जाने चेतावनी दिईसकेका छन् ।

डीडीसीलाई नीजि डेरीको भर

सरकारी स्वामित्वको डिडिसीले भने भूकम्पका कारण बजारमा झण्डै २५ प्रतिशत दूधको माग घटेकाले कृषकले उत्पादन गरेको सबै दूध लिन कठिन भएको जनाएको छ । बजार खस्किँदा किसानले उत्पादन गरेको अतिरिक्त दूध खरिद गर्न नसकिएको डिडिसीका महाप्रवन्धक गंगा तिमल्सिनाले बताए ।

चितवन, मकवानपुर, काभ्रे, रुपन्देही लगायतका जिल्लाबाट किसानले उत्पादन गरेका सबै दूध खरिद गर्न नसकेको डिडिसीले जनाएको छ । उत्पादित सबै दूध आफुले मात्रै किन्न नसक्ने अवस्था रहेको बताउँदै महाप्रवन्धक तिमल्सिनाले मिल्क होलीडे हुने/नहुने भन्ने कुरा निजी डेरीमा निर्भर हुने बताए । डिडिसीले दैनिक १ लाख ८० हजार लिटर दूध संकल गर्ने गरेकोमा ३० हजार लिटर दूध बढी हुने गरेको छ ।

बन्दले किसान झनै मार्कामा

यसैपनि सबै दूध नबिकेको अवस्थामा बन्दका कारण तराई क्षेत्रबाट दैनिक रुपमा दूध उठेको छैन । लगातारको बन्दले बजार पनि प्रभावित भएको र दूध संकलनमा पनि जोखिम रहेकाले दूध तराई क्षेत्रको दूध उठाउन नसकिएको निजी डेरी तथा डिडिसीले जनाएका छन ।

तराई क्षेत्रमा बन्दको कारण दूध संकलन झनै अनियमित भएको दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । यसले समस्या माथि झनै समस्या थपेको संघका अध्यक्ष देवकोटाले बताए । तराईका धेरैजसो जिल्लामा अहिले दूधको संकलन लगभग ठप्प छ ।

समस्या समाधानका मन्त्र

किसानले उत्पादन गरेका सबै दूध संकलन गर्न डेरी व्यवसायी र किसानले सरकारलाई विभिन्न सुझाव दिएका छन । बन्द भएको चीतवन मिल्कलाई अनुदान दिएर भएपनि पाउडर उत्पादनका लागि प्रोत्साहित उनीहरुको सुझाव छ ।

यसैगरी दैनिक रुपमा ६० हजार लिटर दूध खपत गर्ने क्षमता राख्ने सुजल फुड्सलाई पनि अनुदानकै व्यवस्था गरेर भएपनि उत्पादित दूध खेर नजाने वातावरण बनाउनुपर्ने किसानको सुझाव छ ।

दूध उत्पादन लागतलाई घटाउने कार्यक्रम ल्याउने, भारतको पटनामा दूधको बजार खोज्ने, भारतीय दूग्धजन्य पदार्थ नेपाल ल्याउने क्रम निरुत्साहित गर्ने लगायतमा सरकारको ध्यान जानुपर्ने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment