Comments Add Comment

तेल चोरी रोक्ने ‘लकिङ सिस्टम’को डिजाइन तयार हुँदै

१४ भदौ, काठमाडौं । नेपाल आयल निगमले तेल बोक्ने ट्याङ्करमा लगाउने स्वचालित लकिङ सिस्टमको डिजाइन सुरु गरेको छ । पेट्रोलियम पदार्थको चोरी नियन्त्रण गर्न निगमले गठन गरेको कार्यदलले भारतमा अध्ययन गरेर फर्केपछि लकिङ सिस्टम डिजाइनको काम अघि बढाएको हो ।

Tranker oil

निगमका इन्जिनियरिङ विभाग प्रमुख बिरेन्द्र गोइत र ग्याँस वितरण विभाग प्रमुख मुकुन्द घिमिरेसहित अन्य दुई इन्जिनियर कार्यदलमा छन् । कार्यदलले इन्डियन आयल कर्पोरेसन (आइओसी)ले प्रयोग गरिरहेको लकिङ सिस्टमबारे अध्ययन गरेर फर्किएको छ ।

कार्यदल सदस्य गोइतले भने- ‘आईओसीको लकिङ सिस्टम अन्तर्राष्ट्रिय स्तरको छ । ‘त्यसैमा आधारित भएर हामी पनि डिजाईन तयार गरिरहेका छौं,’ उनले भने- ‘चाँडै डिजाइनसहितको प्रतिवेदन तयार गरेर निगमलाई बुझाउँछौं, त्यसपछि ट्यांकरहरुमा आधुनिक प्रविधिको ताल्चा लगाउने काम सुरु हुनेछ ।’

परम्परागत लकिङ सिस्टम सजिलै तोडेर तेल चोर्न सकिने भएपछि निगमले आधुनिक प्रविधि प्रयोग गर्ने भनेको लामो समय भइसकेको छ । प्रविधियुक्त लकिङ सिस्टम प्रयोग गर्न ढिलाई गरेपछि वणिज्य तथा आपूर्ति मन्त्रालयले निगमलाई पटक-पटक सिस्टम छिटो प्रयोग गर्न निर्देशन दिएको थियो ।

तर, नयाँ सिस्टम कहिलेदेखि लागु गर्ने भन्ने विषयमा निगम अझै अनिर्णित छ । इन्जिनियर गोइत भन्छन्, ‘अध्ययन सकिएको छैन, जतिसक्दो छिटो लागु गर्ने भन्ने तयारी हो । काम पनि त्यसैअनुसार भइरहेको छ । तर, कहिलेदेखि नयाँ सिस्टम लागु हुन्छ भन्न सकिँदैन ।’

निगमका कर्मचारी, चालक तथा व्यवसायीको मिलेमतोमा बीच बाटोबाटै तेल चोरी हुने गरेको तथ्य बाहिर आएपछि स्वचालित लकिङ प्रणाली लागू गर्न लागिएको हो । कार्यदलले गरेको सिफरिसका आधारमा परम्परागत कमजोर सिलिङ प्रणाली विस्थापित हुनेछ ।

आधुनिक प्रविधिमा आधारित लकिङ सिस्टम जडान गर्न निगम आफैले लगानी गर्नेछ । मेकानिकल पार्ट भने ट्यांकर धनीले नै हेर्नुपर्ने निगमले जनाएको छ । लकिङलाई कसरी भरपर्दो बनाउने भन्ने विषयमा निगम संवेशदनशील रहेको इन्जिनियर गोइतले बताए । निगमले अहिले १५ सय ५३ वटा ट्याङकर मार्फत पेट्रोलियम पदार्थको आयात गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment