Comments Add Comment

मध्यान्ह १२ बजेबाट पाल्पा बन्द फिर्ता

१४ भदौ, तानसेन । नेपाल मगर संघले आयोजना गरेको मगरात क्षेत्र अन्तर्गत पाल्पाको बन्द फिर्ता लिइएको छ । मध्यान्ह १२ बजेबाट नै गाडीहरु चलेका छन् भने बजार पनि खुलेका छन् ।

Palpaपाल्पाका अधिकांश विद्यालयहरु भने बिहानैदेखि खुलेका थिए ।

परम्परागत रोपाइँ जात्रालाई मध्यनजर गर्दै सोमबार मध्यान्ह १२ बजेबाट पाल्पा बन्द स्थगित भएको मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहाले जानकारी दिए ।

उद्योग वाणिज्य संघ, जात्रा रथयात्रा समिति र मगर संघबीच सोमबार विहान बन्द फिर्ता लिने विषयमा वार्ता भएको थियो ।

जात्रा अवधिभर बन्द हड्ताल नगर्न उद्योग वाणिज्य संघले गरेको आग्रह अनुसार बन्द फिर्ता लिइएको मगर संघ पाल्पाका अध्यक्ष गाहाले बताएको पत्रकार यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिएका छन् ।

गुल्मीको बन्द पनि फिर्ता

प्राचिन र ऐतिहासिक मगरात भुमिलाई टुक्रा-टुक्रा बनाएको भन्दै नेपाल मगर संघले आयोजना गरेको मगरात बन्द गुल्मीमा दिउँसो २ बजेदेखि फिर्ता भएको छ । गुल्मी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ गुल्मीको पहलमा बन्द फिर्ता भएको हो ।

मगरात बन्दले सदरमुकाम तम्घास बन्द रहेता पनि जिल्लाको अर्को व्यापारिक केन्द्र बलेटक्सार र वामी टक्सार बजार भने खुल्ला थिए । स्थानीय संघ संस्था राजनीतिक दलहरुबीच बलेटक्सार र वामीटक्सार कुनै पनि हालतमा बन्द हड्ताल नगर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment