Comments Add Comment

‘एक बर्षभित्र लाभा नेपालको नम्बर वान मोबाइल हुनेछ’

pushkal Ghimire

पुष्कर घिमिरे, कन्ट्रि म्यानेजर, लाभा मोबाइल

भारतीय मोबाइल उत्पादक कम्पनी लाभा नेपाली बजारमा रुचाइएको ब्राण्ड हो । पहिलो बैदेशिक ब्यापार विस्तारका क्रममा नेपाली बजार प्रवेश गरेको लाभाले झण्डै चार बर्षको अबधिमा नेपाली बजारमा पनि बिश्वास जित्न सफल भएको छ ।

सन् २०१४ मा भारतीय बजारमा दोस्रो ठूलो मोबाइल उत्पादक बन्न सफल लाभाले हालै मात्र नेपालको विक्रि एजेन्सी परिवर्तन गरी आक्रामक बजार विस्तारसहित आएको छ ।

नेपाली बजारलाई उच्च प्राथमिकतामा राखि त्यहीअनुसार रणनीति बनाइरहेको बताउँछन् लाभाका कन्ट्री म्यानेजर पुष्कर घिमिरे । प्रस्तुत छ, नेपाली मोबाइल बजार र लाभाको रणनीतिमा केन्द्रीत रहेर घिमिरेसँग गरिएको कुराकानीको संक्षेप-

लाभा मोबाइल आफ्नो पुराने बिक्रेता छाडेर नयाँ बिक्रेताका साथ नेपाली बजारमा आएको छ । बिक्रेता फेरिनुसँगै के-के नयाँ पन थपिएको छ ?

बिक्रेता फेएरिसँगै मार्केटिङका गतिविधिहरु पहिले भन्दा बढेका छन् । काम गर्ने तौर तरिका समेत परिवर्तन भएको छ । यसकारण पनि नयाँ एजेन्सीसँगै नयाँपन थपिएको भन्न सकिन्छ ।

हाम्रो फोकस भनेको भिजिविलिटीमा छ अहिले । पछिल्ला दुई महिनामै पनि हाम्रो भिजिविलिटी निकै बढेको छ । प्रतिस्पर्धाका सुचकहरु हेरेर हामी मार्केटिङ रणनीति बनाउँछौं र सोही अनुसार काम गर्छौं । हामीले लाभालाई नेपालकै अब्बल मोबाइल ब्रान्डको रुपमा स्थापित गर्न सवै कोसिस केन्द्रीत गरिरहेका छौं । पहिलेको विक्रेतासँग केही सैद्धान्तिक कुराहरु नमिलेका कारण हामीले सोंचेजति एग्रेसिभ भएर आउन सकेका थिएनौं, अब हामी एग्रेसिभ हुन्छौं ।

भूकम्पले सुस्ताएको बजार दशैं नजिकिएसँगै विस्तारै गर्माउने अपेक्षा गरिएको छ, कस्ता प्रोडक्टरहरु नेपाली बजारमा सार्वजनिक गर्दै हुनुहुन्छ ?

भूकम्पपछि एक महिना मोबाइल किनबेच लगभग ठप्पजस्तै भयो । तर, त्यतिबेला पनि मोबाइलको माग उच्च रहेको थियो । हामीले जेठ महिनाबाट बिजनेश सुरु गर्दा त्यो अनुभव गर्‍यौं ।
अहिले स्मार्टफोन बिक्री निकै बढेको छ । पहिला मानिसले फिचर फोन खोज्थे भने अहिले अधिकांशको रोजाई स्मार्टफोन हुन थालेको छ । आफुसँग फिचर फोन हुँदा हुँदै पनि स्मार्टफोन खरिद गर्नेहरु बढेका छन् । त्यही भएर हामी स्मार्टफोनमा बढी फोकस गर्ने सोँचाइमा छौं ।

अहिले थि्रजीको पहुँच भएको ठाउँमा स्मार्टफोनको माग उच्च रहेको छ । त्यसो हुँदा स्मार्टफोनको बिजनेश पहिला भन्दा बढेको छ । फिचर फोनको बिजनेश पनि सँगसँगै बढेको छ । लोडसेडिङको कारणले होला फिचर फोनको माग उच्च नै रहेको छ । यसको बिजनेशमा स्मार्टफोनले खासै असर गरेको छैन ।

हामीले निकट भविष्यमा विभिन्न रेञ्जका ७/८ वटा स्मार्टफोन नेपालमा ल्याउँदै छौं । छिट्टै लाभाका दर्जनको हाराहारीमा ६ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका आकर्षक स्मार्टफोन उपलब्ध हुनेछन् ।

बार फोन ११ सयदेखि २५ सयसम्मका छन् । दशैंसम्म स्मार्ट र बार फोन गरी करिव २० वटा मोडल सार्वजनिक हुनेछन् । हामीले दशैंसम्म स्मार्टफोनसँगै ७/८ वटा मोडलका बार फोनहरु ल्याउँछौं ।

दुई तीन हप्ता अगाडि देखि नै नयाँ प्रोडक्ट नेपालमा लञ्च गर्ने काम सुरु भइसकेको छ । अबको दुई हप्ताको बिचमा ९० प्रतिशत प्रोडक्ट लञ्च गरिसक्छौं ।

pushkal Ghimire2

नेपालमा लाभा मोबाइलको बजार हिस्सा कति प्रतिशत छ, आगामी दिनमा यो कुन स्थानमा पुर्‍याउने लक्ष्य छ ?

गएको आर्थिक वर्षको कुरा गर्दा नेपालको मोबाइल बजारमा लाभाको उपस्थिती ५ नम्बरमा रहेको थियो । यस विचमा एजेन्सी परिवर्तन हुँदा करिव ६ महिना लाभाको किनबेच ठप्प नै भयो ।

अहिले लाभाको उपस्थिती झनै बलियो भइरहेको छ । तत्कालै हाम्रो यति प्रतिशत हिस्सा भन्नु भन्दा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा (असोजभित्र) संख्यात्मक हिसावले हाम्रो पोजिसन पहिलो नम्बरमा पुग्ने हाम्रो विश्वास छ ।

आर्थिक बर्षको अन्त्यसम्ममा त हामी सजिलै नम्बर एक पोजिसनमा पुग्छौं जस्तो लाग्छ ।

स्मार्टफोन सेगमेन्टमा पनि हामी धेरै अब्बल रहेका छौं । फिचर फोनमा पनि लाभा निकै अगाडि रहेको छ । फिचर र स्मार्टफोन जोड्दा असोज अन्तिमसममा हामी पहिलो नम्बरमा हुनेछौं ।

बिक्री संख्या बार फोनको बढी छ कि स्मार्टफोन ?

अहिलेको सिनारियो हेर्दा ४० प्रतिशत हिस्सा स्मार्टफोनको छ भने ६० प्रतिशत फिचर फोन नै बिक्री हुन्छन् ।

नेपाल अझै पनि बार फोनका लागि ठूलो बजार हो ?

हो, अझै पनि नेपाल बार फोनका लागि ठूलो बजार हो । भौगोलिक रुपमा हेर्दा दाङदेखि अगाडि पिचर फोनको माग बढी छ । मुख्य शहर र केही ग्रामिण भेगमा स्मार्टफोनको माग उच्च रहे पनि बार फोन पनि उत्तिकै बिक्री भइरहेका छन् ।

खासगरी जहाँ थि्रजी सेवा उपलब्ध छ, त्यहाँ स्मार्टफोन प्रयोग बढी भइरहेको छ । काठमाडौंमा स्मार्टफोन जत्तिकै बार फोन प्रयोग भइरहेको छ ।

स्मार्टफोनको ३० प्रतिशत बिजनेश काठमाडौं उपत्यकामा छ भने ३५ प्रतिशत फिचर फोन पनि यहीँ नै खपत हुन्छन् ।

फिचर फोनबाट स्मार्टफोनमा सिफ्ट हुने क्रम कत्तिको तिब्र छ ?

क्रम उच्च छ । तर, नेपाली बजारमा बार फोनलाई पछाडि पारेर स्मार्टफोन मेजोरिटीमा आउन अझै ४/५ वर्ष लाग्ने देखिन्छ ।

अहिले पनि स्मार्टफोन बोक्नेले फिचर फोन पनि बोकिरहेको छ । सक्नेले दुईवटा स्मार्टफोन बोक्लान्, नसक्नेहरुले एउटा स्मार्टफोन र अर्को बार फोन बोक्ने गरेका छन् ।

काठमाडौं बाहिर बार फोन र स्मार्टफोन सँगसँगै बोक्नेहरु धेरै छन् । फोन गर्न र उठाउन फिचर फोन र फोटो तथा भिडियो खिच्न, गेम खेल्न र नेट चलाउन स्मार्टफोन बोक्ने धेरै देखिन्छन् । लामो लोडसेडिङका कारण ब्याट्री फ्याक्टरले पनि फिचर फोनको बिक्री बढाउन भूमिका खेलिरहेको छ ।

तपाईले असोजभित्र नम्बर वान ब्रान्ड बन्छौं भन्नुभयो । लाभामा के युनिक फिचर छ, जसले प्रतिस्पर्धीहरुलाई पछाडि पारेर नम्बर वान बन्न सक्छ ?

पहिलो फ्याक्टर हो प्राइस, दोस्रो क्वालिटी । कम मूल्यमा उच्च गुणस्तरको फोनहरु लाभाले बजारमा उपलब्ध गराएको छ । भोलिका दिनमा मूल्य र गुणस्तरालाई अझ परिमार्जित गर्दै लैजाने छ ।

बजारमा उपस्थिती बढाउन हामीले आगामी एक वर्ष युवाहरुलाई बढी फोकस गरेर मोबाइलहरु बजारमा ल्याउने योजना बनाएका छौं । सँगैसँगै प्रचार प्रसारलाई पनि उत्तिकै जोड दिइरहेका छौं ।

हामीले निकट भविष्यमै फोर जी फोन ल्याउँदै छौं । एनसेल र एनटीसीले फोर जी सेवा सुरु गर्न पहल गरिरहेका छन् । नेपालमा फोर जी सेवा सुरु हुँदा लाभाले फोर जी स्मार्टफोन उपलब्ध गराइसक्ने छ ।

Lava-mobile-

पाँचौं नम्बरमा रहेको ब्रान्ड पहिलो हुनका लागि ग्राहकको विश्वास जित्नुपर्ने हुन्छ, तिब्र प्रतिस्पर्धी बजारमा ग्राहकको विश्वास कसरी जित्नुहुन्छ ?

हामीले ग्राहकको रोजाई अनुसारका मोबाइलहरु कम मूल्यमै उपलब्ध गराउँछौं । मोबाइलको माग र सप्लाईलाई विशेष ध्यान दिएर काम गर्छौं ।

विक्रिपछिको सेवालाई पनि विशेष जोड दिइरहेका छौं । विक्रिपछिको सेवालाई जति चुस्त र सहज बनायो, उति बजार विस्तारमा सहयोग पुग्छ । कम्पनी आफैले ८ वटा शहरमा ब्राञ्च एक्सेस खोलेको छ । त्यसैले आफ्टर सेल्स सर्भिस अरुको तुलनामा राम्रो छ ।

हाम्रो अर्को राम्रो पक्ष भनेको एक्टिभ टिम हो । लाभाको सेल्स र प्रमोसन टिम आजको दिनमा सबैभन्दा ठूलो टिम होला । हामीले प्रमोशन लगायतका कामहरु साउनदेखि सुरु गरिसकेका छौं । यसको रिजल्ट भदौभरिमा आइसक्छ ।

तपाईहरुले नेपाली बजारमा मध्यम र न्यून आय भएका उपभोक्तालाई लक्षित गर्नुभएको देखिन्छ । पि्रमियम लेभलका उपभोक्तालाई लक्षित कुनै प्रोडक्ट आउँदै छन कि ?

हामीले तत्कालका लागि २० हजार हाराहारीको स्मार्टफोनलाई पि्रमियम सेगमेन्टमा राखिरहेका छौं । हामीले २० देखि ३० हजारको हाराहारीमा पर्ने तीनवटा स्मार्टफोन छिट्टै ल्याउँदै छौं ।

छिटै सार्वजनिक हुन लागेको लाभा भिटु प्लस, स्टार एलटी स्मार्टफोन पनि पि्रमियम सेगमेन्टमै पर्छन् । दुबै फोरजी फोन हुन् ।

भारतीय मोबाइल उत्पादनक लाभाका लागि नेपालको कत्तिको प्राथमिकतामा छ ? यो बजारमा उसले ग्रोथको सम्भावना कति देखिरहेको छ ?

नेपाल एकदमै प्राथमिकतामा छ । २००९ मा स्थापना भएको कम्पनीले २०११ बाट नेपालमा लाभा मोबाइल बिक्री सुरु गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा लाभा पहिलो पटक नेपाल प्रवेश गरेको हो । नेपललाई ग्रोइङ मार्केटको रुपमा लाभाले हेरिरहेको छ र त्यहीअनुसार लगानी पनि गरिरहेको छ ।

नेपालमा मोबाइलको मार्केट आगामी तीन चार वर्षमा कसरी परिवर्तन हुने देख्नुहुन्छ ?

मोबाइलको मार्केट ग्रोथ एकदमै बढेको छ । अहिले साढे ४ देखि ५ लाखको हाराहारीमा मोबाइल सेटहरु बिक्री भइरहेका छन् । मार्केट हेर्दा मोबाइल बिक्री अझै दोब्बर बढ्ने देखिन्छ । नेपालको मोबाइल बजार एकदमै गतिशिल भइरहेको छ, यहाँ लाभाको ग्रोथको पनि हामीले राम्रो सम्भावना देखिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment