Comments Add Comment

गजल- जीवन

Digital Camera

राजु शिवा ‘यायावर’

सिङ्गै संसार मेरै भने नि, निमेषभरको बास न हो जीवन
बाघ बनि काल उभिए, एकै गाँस न हो जीवन ।

सब ऐश्वर्य पाएँ भन्छन्, कोही ओकल्छन्, गुम्यो फेरि
हार-जीत चलिरहने, जुँवाडेको, तास न हो जीवन ।

मनै टिठ्याई भाग्छन् यहिं, मल्हम दल्छन्, कोहि फेरि
एक त्यान्द्रो नाता गाँस्ने, मास न हो जीवन ।

बहारसँग जोख्छन् देह, काँडा छर्की छल्छन् फेरि
पूजाको थालीमा मरेको फूलझैं, लाश न हो जीवन ।

तँछाड-मँछाड जिउँछन् सँगै, हराउँदै जान्छन् फेरि
आक्कल-झुक्कल याद आउने, सम्झनाको राश न हो जीवन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment