Comments Add Comment

आईसीसी र्‍याङ्किङमा मोइन अलीभन्दा पारस अगाडि

parash-Khadka

१६ भदौ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी-२० क्रिकेट खेलाडीहरुको र्‍याङ्किङ सार्वजनिक गरेको छ ।

ब्याटिङतर्फ भारतका विराट कोहली शीर्ष स्थानमा आएका छन् । अष्ट्रेलियाका एरोन फिन्च दोस्रो स्थानमा झरेका छन् ।

नेपालका कप्तान पारस खड्का र शरद भेसवाकर टप १०० मा परेका छन् । कप्तान पारस ७४ औं नम्बरमा छन् भने शरद भेसवाकर ८३ औं नम्बरमा छन् ।

पारसले श्रीलंकाका लाहिरु थिरिमाने, इंग्ल्याण्डका मोइन अली, भारतका रोविन उथप्पलाई समेत उछिनेका छन् । थिरिमाने ७६, अली ७७ र उथप्पा र्‍याङ्किङमा ८२ औं नम्बरमा परेका छन् ।

शरदले बंगलादेशका महमुदुल्ला, वेष्टइण्डिजका डरेन ब्राभो, आरयरल्याण्डका निल ओ’ब्रायनलाई पछि पारेका छन् । अष्ट्रेलियाका स्टिभ स्मिथ ९६ औं स्थानमा परेका छन् ।

बलिङतर्फ बसन्त रेग्मी ७० औं नम्बरमा परेका छन् । शक्ति गौचन ८१ र सोमपाल कामी ८४ औं नम्बरमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment