Comments Add Comment

ताइबानी युवतीहरुलाई के भयो यस्तो ? जिउका लुगा फुकाल्दै प्लास्टिक ओढेर सेल्फी

Taiwan Plastik bag

ताइवानमा पछिल्ला दिनहरुमा एक अनौठो ट्रेण्ड चलिरहेको छ । त्यहाँकी युवतीहरु केवल प्लास्टिकका झोला जिउमा लगाएर धमाधम सेल्फी खिचिरहेका छन् अनि त्यस्ता सेल्फी सोसल मिडियामा धमाधम शेयर गरिरहेका छन् ।

सोसल मिडियामा भाइरल बनिरहेको युवतीको यो क्रेजले ताइवानमा पछिल्लो समय सनसनी नै मच्चाएको छ । युवती मात्र कहाँ हो र ? युवतीहरुको सिको गर्दै तन्नेरीहरुले समेत प्लास्टिक ब्यागले जिउ ढाक्ने फेसन अपनाउन थालेका छन् ।

युवायुवतीहरुले जिउका कपडा फ्याँकेर प्लास्टिकका झोला लगाउन थालेपछि सेभेन इलाभेन नामक प्लास्टिक पसल निकै लोकप्रिय बन्नुको साथै मालामाल व्यापार गर्न सफल भएको छ ।

Taiwan Plastik bag1

युवायुवतीहरुले लगाउने प्लास्टिकका झोले पहिरनको छातिमा ग्रिन लोगो देख्न सकिन्छ । सायद उनीहरुले यस्ता पहिरन मार्फत वातावरण संरक्षणको सन्देश दिएका होलान् ।

तथापि ताइवानी युवायुवतीहरु गत अप्रिलमा अस्टेलियामा भएको मर्सिडिज बेन्ज फेसन विकबाट प्रभावित भएर प्लास्टिकका झोेले पहिरनमा झुम्मिएको अड्कल काटिएको छ । उक्त फेसन सप्ताहमा मोडेलहरुले आफ्नो टाउकोमा प्लास्टिकका झोला पहिरिएर क्याटवाक गरेका थिए ।

हेर्नुहोस् थप तस्वीर

Taiwan Plastik bag2 Taiwan Plastik bag3 Taiwan Plastik bag4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment