Comments Add Comment

यू-१९ क्रिकेट : साउदी अरेबियामाथि नेपालको शानदार जित

Nepal-U-19

१७ भदौ, काठमाडौं । एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

यससँगै नेपालको शीर्ष स्थानमा उक्लिएको छ र च्याम्पियन बन्ने सम्भावना कायमै छ । अहिले चलिरहेको खेलमा मलेसियाले अफगानिस्तानलाई हराए नेपाल च्याम्पियन बन्ने छ ।

अफगानिस्तानको जितले भने नेपाल उपविजेता बन्नेछ ।

साउदी अरेबिया ५५ रनमा अलआउट

मलेसियाको सेलोंगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो ।

नेपाली बलिङसामू साउदी अरेबियाका ब्याट्सम्यानहरु निरिह देखिए । उसका फैसल खानले १९ र जैनले ११ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दुई ब्याट्सम्यान शुन्यमै आउट भएका थिए भने चार ब्याट्सम्यान १/१ रनमा आउट भए ।

नेपालका सुशील काडेलले १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए । सुनिल धमलाले ६ ओभरमा ३ डेमन राख्दै ३ रन दिएर २ विकेट लिए । प्रेम तामाङले ४.२ ओभरमा २ मेडन राखेर ९ रन दिादै २ विकेट लिए ।

५६ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । ओपनर सुनिल धमला ३४ रनमा अविजित रहे भने कप्तान राजु रिजाल १४ रनमाअविति रहे ।

शंकर राना मात्र ४ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment