Comments Add Comment

अफगानिस्तान यू-१९ प्रिमियर क्रिकेट च्याम्पियन, नेपाल उपविजेतामा सिमित

Nepal-U-19

१७ भदौ, काठमाडौं । अन्तिम खेलमा साउदी अरेबियामाथि सानदार जित हात पारेपनि नेपाल एसीसी यू-१९ प्रिमियर क्रिकेटको च्याम्पियन बन्न सकेन ।

बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ९ विकेट पराजित गर्दै च्याम्पियन बन्ने सम्भावना कायमै राखेको थियो ।

तर, अफगानिस्तानले मलेसियालाई ७ विकेटले पराजित गर्‍यो र नेपाल उपविजेतामा सिमित बन्यो । मलेसियाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य अफगानिस्तानले २१.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

सबै खेल जितेको अफगानिस्तान १० अंकसहित च्याम्पियन बनेको छ । समान खेलबाट ८ अंक जोडेको नेपाल उपविजेता बनेको छ । दोस्रो खेलमा अफगानिस्तानसँग व्यहोरेको १० विकेटको हार नै नेपाललाई च्याम्पियन बन्न बाधक बन्यो ।

साउदी अरेबियामाथि शानदार जित

त्यसअघि आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि ९ विकेटको शानदार जित हात पारेको थियो ।

मलेसियाको सेलोंगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङगरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो ।

नेपाली बलिङसामू साउदी अरेबियाका ब्याट्सम्यानहरु निरिह देखिए । उसका फैसल खानले १९ र जैनले ११ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दुई ब्याट्सम्यान शुन्यमै आउट भएका थिए भने चार ब्याट्सम्यान १/१ रनमा आउट भए ।

घातक बलिङ गरेका नेपालका सुशील कँडेलले १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए । सुनिल धमलाले ६ ओभरमा ३ डेमन राख्दै ३ रन दिएर २ विकेट लिए । प्रेम तामाङले ४.२ ओभरमा २ मेडन राखेर ९ रन दिँदै २ विकेट लिए ।

५६ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । ओपनर सुनिल धमला ३४ रनमा अविजित रहे भने कप्तान राजु रिजाल १४ रनमाअविति रहे ।

शंकर राना मात्र ४ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment