Comments Add Comment

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम निर्वाचित

१७ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार भएको चुनावी साधारण सभाले श्रेष्ठलाई अध्यक्ष निर्वाचित गरेको हो ।

Jiban-Ram-Shresth

मतदानमा श्रेष्ठले १७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ९ मत मात्र पाए ।

उपाध्यक्षमा ज्योती राणा, पुरेन्द्र बिक्रमलाखे, धिरेन्द्रकुमार प्रधान र राजेन्द्र बान्तवा निर्विरोध निर्वाचित भएका छन् ।

एनओसीको महासचिवमा टेण्डी शेर्पा आएका छन् । उनले पनि १७ नै मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी छिमी उर्गेन गुरुङले ८ र दिपराज गुरुङले एक मात्र मत पाए ।

कोषाध्यक्षमा रतनकुमार टण्डन पनि निर्बिरोध भएका हुन् । उप महासचिवका दुई उम्मेदवार राजीव श्रेष्ठ र चतुरानन्दराज बैद्य समान १३-१३ मत पाएका थिए । गोलाप्रथाबाट राजीव विजयी भएका छन् ।

सदस्यमा सुनीलकुमार श्रेष्ठ, आङ्गडेण्डी शेर्पा, तेज बहादुर गुरुङ्ग, रमेश कुमार श्रेष्ठ, समीममियाँ अन्सारी, निलेन्द्रकुमार श्रेष्ठ, दिपकहर्ष बज्राचार्य, अशोक रत्नबज्राचार्य र संजीव तुलाधर निर्वाचित भएका छन् ।

गत साउन २१ गते हुनुपर्ने निर्वाचन प्रक्रिया नपुगेको भन्दै स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment