Comments Add Comment

नेपाल बैंकले चार वर्षपछि मात्रै लाभांस दिने

१८, भदौ, काठमाडौं । नेपाल बैंकका सेयरधनीले लाभांस पाउन अझै चार वर्ष पर्खिनु पर्ने भएको छ । विगतमा भएको नोक्सानीका कारण अझै चार वर्ष सेयरधनीलाई लाभांस दिन नसकिने बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले अनलाइनखबरलाई जानकारी दिए ।

nepal bank‘वासलातमा नाफा देखिएपनि बैंक अझै २ अर्ब ५७ करोडले नोक्सानमा भएका कारण तत्काल लाभांस बाँड्न सक्ने अवस्थामा छैन ।’ सीइओ शाहले भने- सेयरधनीले लाभांस पाउन भने अझै चार वर्ष पर्खिनु पर्ने छ । पहिलो लाभांस नै २० प्रतिशत माथि हुने उनले दाबी थियो ।

अघिल्लो वर्ष ७३ करोड रुपैयाँ कमाएको बैंकले गत वर्ष भने ५२ करोड रुपैयाँ मात्रै कमाएको छ । बैंकका सेयरधनीले लाभांस नपाएको १७ वर्ष भयो । बैंकको वित्तीय स्वास्थ्य विग्रँदै गएपछि नियामक नेपाल राष्ट्र बैंकले २०५८ चैत १ गते हस्तक्षेप गरी विदेशी विज्ञहरुको सहयोगमा व्यवस्थापन सम्हालेर सुधार सुरु गरेको थियो ।

०७१ मंसिर २८ सेयरधनीलाई बैंक सुम्पिएर राष्ट्र बैंक फिर्ता गइसकेको छ । बैंकका वित्तीय सूचकांकहरुमा व्यापक सुधार आएका छन् । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड छ । ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउन राष्ट्र बैंकको निर्देशन छ । हकप्रद सेयर जारी गरी चुक्ता पुँजी बढाउने योजना रहेको बैंकका सीइओ देवेन्द्रप्रताप शाह बताए ।

बैंकले हस्तक्षेप गर्दा बैंकले प्रवाह गरेको कूल कर्जामध्ये ५६ प्रतिशत खराब कर्जा थियो । अहिले खराब कर्जाको मात्रा ३.९८ प्रतिशत छ । राष्ट्र बैंकले १३ वर्षअघि व्यवस्थापन हस्तक्षेप गर्दा ३४ अर्ब निक्षेप र १९ अर्ब कर्जा थियो । अहिले ७८ अर्ब निक्षेप र ५३ अर्ब कर्जा छ ।

हालसम्म जलविद्युतमा ५ अर्ब रुपैयाँका हाराहारीमा कर्जा प्रवाह गर्ने प्रतिवद्धता गरिसकेको र डेढ अर्बजति प्रवाह नै भइसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment