Comments Add Comment

उद्योगी भन्छन्- बन्दले दैनिक दुई अर्बभन्दा बढी घाटा भयो

Biratnagar-Banda

१७ भदौ, काठमाडौं । उद्योगी व्यवसायीहरुले बन्दका कारण देशमा एक दिनमा दुई अर्बभन्दा बढी घाटा हुने बताएका छन् ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उद्योगमन्त्री महेश बस्नेतले दिनहुँ हुने बन्दले उद्योग व्यवसाय क्षेत्र धरासायी बन्दै जानुका साथै व्यापार घाटा बढ्दै गएको बताए ।

उनले वार्ताको माध्यामबाट समाधान खोज्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले देशको हितका लागि लामो समय योगदान गरेका व्यक्तिको शालिक भत्काउनु गम्भीर घटना भएको उल्लेख गरे । उनले भन्नुभयो- ‘उद्योगलाई निर्वाद रुपमा सञ्चालन गर्न दिने दायित्व सरकारको भएकाले नियमित बनाउन सरकार गम्भीर हुन्छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले नेपालको ६५ प्रतिशत व्यापार भारतबाट हुने गरेको भन्दै तराई बन्दले देशमा ठूलो समस्या उत्पन्न हुने बताए । उनले वर्षको ९४ दिन बिदा हुनु र धेरैजसो आन्दोलन हुँदा शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारलगायतका क्षेत्रमा ठूलो प्रभाव पर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले उद्योग व्यवसायी बन्दले ताला लगाएर सरकारलाई साँचो बुझाउने अवस्थामा पुगेको बताए । उनले भने- ‘एकातिर बन्दको दिनको पनि श्रमिकलाई पारिश्रमिक दिनुपर्ने अर्कोतिर उत्पादन बन्द हुँदा दोहोरो मार खेप्न उद्योगीहरु बाध्य छन् ।’ रासस/अच्युत रेग्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment