Comments Add Comment

एक तस्वीर, जसले खलबली मच्चायो

Syrian-toddler-Aylan-1

टर्की, सिरिया, लिबिया लगायतका देशबाट युरोप प्रवेश गर्नेहरुको समाचार आइरहन्छ । तर, कहिल्यै यति खलबली मच्चिएको थिएन ।

युरोपका देशमा यति खुलेर कहिल्यै बहस भएन, जति यो तस्वीर सार्वजनिक भएपछि भएको छ । फ्रान्स, इंग्ल्याण्ड र जर्मनी जस्ता देशमा अवैध रुपमा शरण लिन जानेहरुलाई रोकिएको छ ।

तर, यो तस्वीर सार्वजनिक भएपछि बहसले नयाँ रुप लिएको छ । 

यो तस्वीर एक सानो बच्चाको शवको हो, जसलाई टर्कीको न्यूज एजेन्सीले सार्वजनिक गरेको छ । यो तस्वीर समाजिक सञ्जालमा भइरल भएको छ ।

Syrian-toddler-Aylan

समुन्द्रको तटमा आधा मुख जोतिएको यो बच्चाको मृत्यु भइसकेको छ । यो तस्वीइरले अवैध रुपमा युरोप प्रवेश गर्नेहरुको संकटलाई अन्तराष्ट्रिय स्तरमा नै नोटिस गराएको छ ।

सातो टीसर्ट र निलो हाफ पाइन्ट लगाएको बच्चाको शव टर्कीको बोडरम समुन्द्र तटमा भेटिएको थियो । राती यो ठाउँबाट मानिसहरु गि्रस प्रवेश गर्ने प्रयासमा थिए । तर, ढुंगा दुर्घटना भयो ।

दुर्घटनामा १२ जनाको मृत्यु भयो । उनीहरु सबै सिरियाको भएको अनुमान गरिएको छ ।

बच्चाको पहिचान तीन वर्षीय अयलानका रुपमा गरिएको छ । उनका पाँच वर्षका दाइ र आमा रिहान पनि दुर्घटनामा समुन्द्रमा डुबे । उनका बुबा अब्दुल्ला कुर्दी मात्र यो घटनामा बाँचेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment