१८ भदौ, काठमाडौं । गाविसहरु नगरपालिका बनेपछि सरकारी सेवा प्रभावकारी ढंगले पाउने सबैको आशा हुन्छ । तर, गत वर्ष गठन भएका नयाँ नगरपालिकामा कर्मचारीको लापरबाहीका कारण सेवाग्राहीले सामाजिक सुरक्षाभत्तासमेत पाएका छैनन् ।
गत वर्ष गठन भएका मिथिला (धनुषा) र गढीमाई (बारा) नगरपालिकाका सेवाग्राही भत्ता पाउनबाट बञ्चित भएको केन्द्रीय पञ्जीकरण विभागले जनाएको कारोबार दैनिकमा खबर छ ।
पुराना हेटौंडा उपमहानगरपालिका र गोरखानगरपालिकामा गाभिएका गाविसका सेवाग्राही पनि भत्ताबाट बञ्चित भएको विभागका महानिर्देशक बसन्तराज गौतमले जानकारी दिए । नयाँ नगरपालिकाले भत्ताका लागि सरकारसँग बजेट माग नगरेका कारण सेवाग्राही सेवा लिनबाट बञ्चित भएका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4