News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबाट बाहिरिने घोषणा गरेपछि विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि देखिएको छ।
- अमेरिकी डाओ जोन्स इन्डेक्सले मंगलबार २.४९ प्रतिशत र एसएण्डपी ५०० सूचकले २.९१ प्रतिशत वृद्धि देखाएका छन्।
- जापानको निक्की ५.२४ प्रतिशत, भारतको बीएसई सेन्सेक्स १.६५ प्रतिशत, चीनको सांघाई कम्पोजिट १.४६ प्रतिशत र लन्डनको एफटीएसई २.०३ प्रतिशतले वृद्धि भएको छ।
१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबाट बाहिरिने घोषणा गरेसँगै विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि देखिएको छ । अमेरिकाले इरानसँग युद्ध थालेयता विश्वका ठूला बजार ओरालो लागेका थिए ।
अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स मंगलबार एकै दिन २.४९ प्रतिशत बढेको छ । समग्रमा यो सूचक विगत महिनामा ५.२४ प्रतिशत घटेको छ । ट्रम्पको युद्ध अन्त्य गर्ने घोषणा सँगै अमेरिकी स्टक मार्केटमा उच्च वृद्धि देखिएको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ ।
त्यस्तै अमेरिकी ठूला ५०० कम्पनीको सूचकलाई जनाउने एसएण्डपी मंगलबार २.९१ प्रतिशत नै बढेको छ । जापानको निक्की बुधबार एकैदिन ५.२४ प्रतिशत बढेको छ । समग्रमा यो सूचक एक महिनामा ७.४४ प्रतिशत घटेको छ । तर ट्रम्पको घोषणापछि बुधबार एकै दिन ५.२४ प्रतिशतको वृद्धि देखिएको हो ।
भारतको बीएसई सेन्सेक्स बुधबार एकैदिन १.६५ प्रतिशत (१ हजार १८६ अंक) बढेको छ । यो वृद्धिसँगै बीएसई सेन्सेक्स ७३ हजार १३४ अंकमा पुगेको छ । त्यस्तै निफ्टी ५० सूचक १.५६ प्रतिशत बढेको छ ।
चीनको सांघाई कम्पोजिट इन्डेक्स बुधबार एकैदिन १.४६ प्रतिशत बढेको छ । लन्डनको एफटीएसई इन्डेक्स पनि बुधबार खुल्नासाथ तीव्र उकालो लागेको छ । सो बजार खुलेको ४ घण्टामै २.०३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया 4