+
+
Shares

मालपोत कार्यालय पर्साका तत्कालीन ४ अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका चार मालपोत अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • आर्थिक वर्ष २०७०/७१ मा राजस्व चुहावट गरी २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बिगो रकम दाबी गरिएको छ।
  • मिश्रलाई ३८ लाख ८० हजार, बोगटीलाई १ करोड १० लाख, अर्याललाई २१ लाख र कुर्मीलाई ९९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

१८ चैत, काठमाडौं । मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीसहित ८ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ बाट उठेको रजिस्ट्रेसन बापतको २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना भएको देखिएकोले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले मिश्रलाई ३८ लाख ८० हजार ३६८, बोगटीलाई १ करोड १०  लाख ६० हजार ५२४, अर्याललाई २१  लाख ३८ हजार १६९ र कुर्मीलाई ९९ लाख १० हजार ५२५ रुपैयाँ बिगो रकम दाबी गरेको छ ।

यसैगरी अख्तियारले तत्कालनी नायव सुब्बा स्व. किरणप्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायसँग २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बिगो दाबी गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?